बेसीशहर, साउन ३० गते । लमजुङको बेसीशहरमा बुधवार बेलुका जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
बेसीशहरको कर्पुरेश्वर चोकबाट रानीकुवातर्फ जाँदै गरेको ग १ ज ६७४१ नम्बरको बोलेरो जीप बेसीशहर ८ मा पर्ने दुलाल टोलमा आज बेलुका करिब ६ बजे दुर्घटना भएको हो । जीप सडकबाट मजुवाखोलातर्फ खसेको छ ।
दुर्घटनामा परी जीपका चालक भानु नगरपालिका वडा नं. १२ रतनपुरका हरि वि.क सामान्य घाइते भएका छन् । जीप सडकबाट ८० फिट तल खसेको र चालकले मदिरा सेवन गरी सवारी चलाएको पाइएकाे घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए ।

करपुरेश्वर चोकबाट तीब्र गतिमा रानीकुवातर्फ जाँदै गरेको सो जीप दुलाल टोलको घुम्तीबाट बायाँतर्फ खसेको हो । तीब्रगतिका कारण घुम्तीमा मोडिन नसकेर सडकबाट बायातर्फ खसेको जीप केही तल सिरिसको रुपमा अड्केर जाेगिएको प्रत्यक्षदर्शीले बताए ।
घाइते चालकको जिल्ला अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।
खबरकुञ्ज