तनहूँमा पहिराेमा पुरिएर दुइजनाकाे मृत्यु, एक घाइते

दमाैली । तनहुँकाे गुणादीमा पहिराेमा पुरिएर दुईजनाकाे मृत्यु भएकाे छ ।

तनहूँकाे म्याग्दे गाउँपालिका–१ गुणादीमा गएकाे पहिरोमा पुरिएर झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षका बलबहादुर राई रहेका छन् । पहिराेमा पुरिएर घाइते भएका झापाको शिवसताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य  छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएकाे जानकारी अनुसार साेमबार साँझ मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरूलाइ पुरेकाे थियाे । पुरिएर गम्भीर घाइते भएका उनीहरूलाइ उपचारका लागि दमौली अस्पतालमा लगिएकाेमा भीमकाे दमाैली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएकाे छ ।


प्रतिक्रिया