बेसीशहर । लमजुङको क्व्होलासोंथार गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुघको प्रमुख आतिथ्यमा भएको गाउँसभामा गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
नीति तथा कार्यक्रममले गाउँपालिकाको विकासका लागि कृषि, पर्यटन र पूर्वाधारलाई जोड दिएको छ । गाउँपालिकाले पर्यटनलार्ई गाउँपालिकाको आर्थिक मेरुदण्डको रुपमा लिँदै यसको गर्नका लागि पर्यटनमैत्री बातावरण निर्माण गरी पूर्वाधारहरुको निर्माण र पदमार्ग निर्माणमा जोड दिने भएको छ ।
अध्यक्ष गुरुङले निर्वाहमुखी कृषि तथा पशुपालन प्रणालीलाई विस्थापित गरी व्यवसायिक कृषि तथा पशुपालनमा जोड दिइने बताए । ८ प्राकृतिक रूपमा पाइने जडिबुटीको संरक्षण गर्दै जडिवुटि नर्सरी तथा खेती प्रणालीमा जोड दिने नीति अवलम्बन गरिने बताए ।
अध्यक्ष गुरुङले नीति तथा कार्यक्रममा वस्तुगत धरातल र श्रोत साधनको सन्तुलन हुने गरी तर्जुमा गरिएको बताउँदै संघ र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व वाडफाँड वापत प्राप्त अनुदान, समपूरक अनुदान, आन्तरिक श्रोत (राजस्व) तथा अन्य अनुदानलाई समेत आधार मानी बजेट विनियोजन गर्ने नीति लिइने बताए ।
26 Jun 2023