लमजुङ अस्पतालमा पित्तथैली पत्थरीकाे शल्यक्रिया सेवा पनि शुरू, अरू सेवा बढाउने तयारी

बेसीशहर । लमजुङ अस्पतालले लगातार एकपछि अर्काे सफलता प्राप्त गर्न थालेकाे छ । केही दिन अघि मात्र पीडारहित प्रसुति सेवाकाे सेवा शुरू गरेकाे अस्पतालले त्यसकाे केही दिन पश्चात पहिलाे पटक पित्त थैलीकाे सफल शल्यक्रिया गरेर गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये अब्बल सावित हुने जमर्काे गरेकाे छ ।

दुइ दशकसम्म एचडिसिएसकाे ब्यवस्थापनमा सामुदायिक रूपमा सञ्चालन भएकाे याे अस्पताल गत कार्तिकबाट प्रदेश सरकार मातहत आएपछि सेवा सुविधामा निरन्तर विस्तार गरिरहेकाे छ ।

यसैक्रममा लमजुङ अस्पतालमा पहिलो पटक ३४ एक वर्षिय महिलाको पित्त थैलीकाे पत्थरीकाे सफल शल्यक्रिया भएकाे छ । केहीदिन अघि बेसीशहर नगरपालिका वडा नं. १० की ३४ बर्षिया निलम घले गुरूङकाे पित्तथैलीकाे सफल शल्यक्रिया गरिएकाे हाे ।

शल्यक्रिया भएकाे ३ दिन पश्चात स्वास्थ्य अवस्था सामान्य तथा सुधारन्मुख भएपछि शुक्रबार डिस्चार्ज गरि उनलाइ घर पठाइएकाे अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशराज चार्यले जानकारी दिए


शल्यक्रियामा अस्पतालका जनरल सर्जन डा. मुकेश जैस्वार, डा. विज्ञान आचार्य , एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्का, एनेस्थेसिया सहायक रामकृष्ण खत्री, नर्सिङ स्टाफ शाेभा श्रेष्ठ, करूणा रेग्मी, रेश्मकुमारी गुरूङ लगायत सहभागी थिए ।

काठमाडाैं लगायत देशका ठूला अस्पतालमा मात्र उपलब्ध हुने याे सेवा लमजुङ अस्पतालमा पहिलाे पटक शुरू भएकाे हाे । शल्यक्रियामा संलग्न डा. डा. मुकेश जैस्वारले गुरूङकाे पित्तथैलीबाट १८ एमएमकाे पत्थरी निकालिएकाे जानकारी दिए ।


अस्पतालका जनरल सर्जन डा. जैस्वारले पहिलाे पटक भएकाले पुरानाे तरिकाले पित्त थैलीकाे शल्यक्रिया गरिएकाे र अबका दिनमा दुरबिनबाट पित्तथैलीकाे शल्यक्रिया ( Minimal Invasive Surgery), रक्तनलीकाे शल्यक्रिया (Vascular Surgery), इण्डाेस्काेपी, काेलाेनाेस्काेपी लगायतका सेवा विस्तार गर्ने याेजना रहेकाे बताए ।

यसबाहेक डायलासिसका लागि चाहिने A-V फिस्टुला, रक्तनली जाेडिने शल्यक्रियासमेत गर्ने लक्ष्य अस्पतालले राखेकाे डा. जैस्वारले जानकारी दिए ।

दुइसाता अघि मात्र अस्पतालमा पहिलाे पटक पीडारहित सुत्केरी सेवा शुरू भएकाे थियाे । मुटुराेगबाट ग्रस्त लमजुङकाे मर्स्याङ्दी गाउँपालिका वडा नं. १ नायूँकी प्रेमकुमारी गुरूङ याे सेवा पाउने पहिलाे महिला हुन् । महिलाहरूलाइ सुत्केरी हुँदा असहनीय पीडा हुन्छ । पीडा खप्न नसकेर कतिपय महिलाकाे प्रसबपीडाले मृत्युसमेत हुने गर्छ । प्रेमकुमारीकाे ८ बर्ष अघि एउटी छाेरी जन्मेपछि उनलाइ मुटुकाे राेग देखा परेकाे थियाे । डाक्टरहरूले उनलाइ अर्काे सन्तान जन्माउँदा मुटुराेगका कारण ज्यानकै खतरा हुने भन्दै सन्तान नजन्माउन सल्लाह पनि दिएका थिए । तर ८ बर्षपछि उनकाे गर्भ रहेपछि उनी र उनका श्रीमान् चिन्तित थिए । तर उनले लमजुङ अस्पतालमै बिना कुनै प्रसब पीडा छाेरी जन्माइन् । अस्पतालका प्रसुति राेग बिशेषज्ञ डा. गाेमा रिमाल र एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्काले प्रसब पीडा बिनाकाे सुत्केरी सेवालाइ लमजुङ अस्पतालमै सम्भब बनाएका थिए ।


लमजुङ अस्पतालमा हाल १ जना मेडिकल सुपरिटेण्डेण्टसहित ७ जना कन्सल्टेण्ट डाक्टर, दुइजना डेण्टल सर्जन र १० जना मेडिकल अफिसरहरू कार्यरत रहेका मेसु डा. चार्यले बताए । उनका अनुसार अस्पतालमा बिशेषज्ञ डाक्टरहरूकाे संख्या अरू थप गर्ने र छात्रबृत्ति करारका डाक्टरहरूलाइ समेत ल्याएर सेवा दिने तयारीमा अस्पताल लागेकाे छ ।



जिल्ला अस्पतालले सीमित श्राेत साधानका बाबजुद अस्पतालकाे सेवा सुविधालाइ बृद्धि गर्दै लगेकाे र अस्पतालमा सेवा सुविधा थप गरेर लमजुङबासीलाइ स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल कटिबद्ध रहेकाे अस्पतालका अध्यक्ष हरिजंग तामाङले बताए ।

याे पनि पढ्नुहाेस् ।

लमजुङ अस्पतालकाे अर्काे सफलताः पहिलाे पटक "पेनलेस डेलिभरी"


लमजुङ अस्पतालकाे अर्काे सफलताः पहिलाे पटक "पेनलेस डेलिभरी"

प्रतिक्रिया