लमजुङमा ट्याक्टर दुर्घटना, चालककाे मृत्यु

खबरकुञ्ज

बेसीशहर, मंसिर २६ गते । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बुधवार दोर्दी गाउँपालिकाको वडा नंं ४ साँधीखोलामा गरेको प्र.०२–००१ त ४४८० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका चालक सुनिल परियारको मृत्यु भएको हो । २२ बर्षका उनी दोर्दीकै वडा नं. ३ केराबारी निवासी रहेको प्रहरीले जनाएको छ ।

मर्मतका लागि दोर्दीको वडा नं. ५ पाचोकबाट वडा नंं ४ नौथर शेरातर्फ आउँदै गर्दा बेलुकी करीब पौने ६ बजेतिर ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टरको ढालाको चक्का मर्मतका लागि आउँदै गर्दा साँधीखोलामा अनियन्त्रित भइ ट्याक्टर सडक भन्दा करीब सय मिटर तल खसी दुर्घटनाग्रस्त भएको लमजुङ प्रहरीले जनाएको छ ।

घट्नाका खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी श्रीमञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी मृतक चालकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ ।

प्रतिक्रिया