बेसीशहर, पुस १७ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो बार्षिकोत्सबको अवसरमा संस्थाको सुन्दरबजार शाखा कार्यालयले सुन्दर बजारको कृषि हाटबजारमा जीवन विमा सचेतना एबम किसानलाइ बीउ बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा लमजुङ र तनहूँका विभिन्न २७ जना किसानलाई अकबरे खुर्सानी , मुला , लौका , काक्रो , घिरौला , फर्सी , बोडि , करेला , धनिया , रायो मार्फा , चम्सुर पालुंगो लगायत विभिन्न किसिमक तरकारीको बीउ बितरण गरिएको थियो । सुन्दरबजार नगरपालिका ७ का वडा अध्यक्ष जयराम रेग्मीले किसानहरुलाई तरकारीका बीउ वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष रेग्मीले जोखिम बहनका साथै स– साना बचतका लागि बिमामा जोड दिदै लिबर्टी माइक्रो लाइफले आफ्नो ब्यबासायिक सामाजिक उत्तरदायीत्व अन्तरगत किसानहरुलाई बीउ बिजन बितरण गरेकोमा आफू र वडाको तर्फ बाट आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रम मेनुका श्रेष्ठले सन्चालन गर्नु भएको थियोे । बिमाको महत्व बुझेपछि सुन्दर बजार नगरपालिका वडा नम्बर ४ का किसान अम्बिका बसेलले बिमा आफुले अहिलेसम्म नगरेको तर छिटोभन्दा छिटो गर्ने बताए। किसान शिव पौडेलले जीवन बिमा हाम्रो लागि स्थापित भएकोले कृषि उपज बिक्रिबाट बचेको केही रकम बिमा गर्न छुट्याएको बताए। । विमा खर्च नभई लगानी हो भन्दै जीवन बिमा आफुले गरेको र अब सबै परिवारको समेत गर्ने किसान राम चन्द्र नेउपानेले बताए । जीवन बिमा शिक्षा फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दर बजार प्रमुख प्रमुख मेनुका श्रेष्ठले बताइन् ।
कार्यक्रममा लघु जीवन विमाको महत्त्व , फाइदा , प्रकार आदि बिषयमा अन्तर्क्रीया तथा छलफल गरिएको थियोे । कार्यक्रममा एभरेस्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठ , सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ , एभरेस्ट साकोसका संचालक समितिका सदस्य अम्बिका प्रसाद पण्डित , एभरेस्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपाली लगायतको उपस्थिति थियोे । कार्यक्रम ६२ बषिय किसान श्री भद्र अधिकारीको अध्यक्षतामा भएको थियोे ।
खबरकुञ्ज