बेसीशहर, चैत ३१ गते । लमजुङमा ४७ बर्षिया एक पूर्व प्रहरीको आफ्नै कोठामा हत्या भएको अवस्थामा शब फेला परेको छ ।
लमजुङको बेसीशहर नगरपालिका वडा न २ भकुण्डेमा केही दिन देखि बेपत्ता भएकी भनिएकी पूर्व प्रहरी हवल्दार सीता कँडेल आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । घटनास्थल र शबको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले निस्कर्ष निकालेकाे छ ।

मृतक कँडेल तीन दिनअघि देखि सम्पर्क बिहीन थिइन् । अष्ट्रेलियामा रहेका उनका छोरा बुहारीले आमा सम्पर्क बिहीन भएपछि खोजखबर गरिदिन छिमेकीलाई टेलिफोन गरी आग्रह गरेकामा खोजी गर्दा आइतबार उनी बस्ने घर वरिपरी दुर्गन्ध आएपछि प्रहरीमा खबर गरेका थिए ।
स्थानीयले खबर गरेपछि आइतबार दिउँसो पुगेको प्रहरीले कोठाको ताला फोडी हेर्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कडेँलको शव फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या गरी कोठाको ढोकामा चापी लगाइएको भेटिएकाे प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगका प्रहरीले कडेँलको मृत्यु केही दिन अगाडि नै भएको अनुमान गरेका छन् । मृतक कडेँल घरमा एक्लै बस्दै आएकी थिइन् ।
घटना रहस्यमय रहेको र मृतक पूर्व प्रहरी समेत रहेकाले प्रहरीले तीव्रताका साथ अनुसन्धान सुरु गरेको छ ।
खबरकुञ्ज