बेसीशहर, पुस ११ गते । दनाई कल्याणकारी समाज लमजुङको प्रथम साधारण सभा एवं अधिवेशन शुक्रबार बेसीशहरमा सम्पन्न भएको छ । अधिवेशनले भुपाल बहादुर दनाईको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समितिको चयन गरेको छ ।
लमजुङका दनाई बन्धुहरूको साझा चौतारीको रुपमा रहेको दनाई कल्याणकारी समाजको पहिलो साधारण सभा तथा अधिवेशन ८७ वर्षीया सेती दनाईको प्रमुख आतिथ्य र अध्यक्ष भूपाल वहादुर दनाईको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भूपाल बहादुर दनाईले अध्यक्षको प्रतिवेदन, उपाध्यक्ष गम वहादुर दनाईले स्वागत मन्तव्य, कोषाध्यक्ष मन्दिरा दनाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाका अवसरमा समाजका ज्येष्ठ सदस्य ८ ९ बर्षिया एक कुमारी दनाई ८ ७ वर्षको सेती दनाई ८ ४ वर्षका गंगादत्त दनाई र ८ ० वर्षकी नाम कुमारी दनाईलाई दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको थियो ।




सोही अवसरमा दनाई कूल मन्दिरका लागि निःशुल्क जग्गा उपलब्ध गराउन निर्मल निधि दनाई, खिमानिधि दनाई र लक्ष्मण दनाईलाई दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको थियो । 


सोही अवसरमा कूल मन्दिर निर्माणका लागि १ लाख भन्दा बढी चन्दा दिने चन्दादाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कृष्ण वहादुर दनाई (१ लाख ७६हजार), प्रेम वहादुर दनाई (१ लाख ३७ हजार) गंगादेवी दनाई (१ लाख २५ हजार २३२), अमर बहादुर दनाई १ लाख १ हजार ५ सय ५५ र हरी वहादुर दनाई (१ लाख) लाई दोसल्ला सहित सम्मान पत्रका साथ सम्मान गरिएको छ ।



कार्यक्रममा नेपाल सरकारका सहसचिव रामजी दनाईलाई समेत सम्मान गरियाे । साे अबसरमा विशेष अतिथि बेसीशहर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष चित्रबहादुर दनाई, संस्थाका सल्लाहकार मिलन शर्मा दनाई, जग्गादाताकाे तर्फबाट खिमनिधि दनाई, चन्दाताकाे तर्फबाट हरिबहादुर दनाई, कूल मन्दिर निर्माण समितकाे तर्फबाट संयाेजक जीवन दनाई, तुलानिधि दनाई लगायतले साधारण सभा तथा अधिवेशनकाे सफलताकाे शुभकामना ब्यक्त गरेका थिए ।
साधारण सभा एवं अधिवेशनले विभिन्न प्रस्तावहरु पारित गर्दै आगामी दुई बर्षे कार्यकालका लागि पुनः भूपाल बहादुर दनाईको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गमबहादुर दनाई, सचिवमा महेन्द्र दनाई, कोषाध्यक्षमा मन्दिरा दनाई र सदस्यहरुमा निर्मल निधि दनाई, हिमलाल दनाई र बालकृष्ण दनाईलाई निर्वाचित भएका छन् ।
खबरकुञ्ज