बेलायती राजा चार्ल्स तृतीयलाइ क्यान्सर, सार्वजनिक दायित्वबाट पर, उपचार हुँदै

एजेन्सी । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर राेग लागेकाे छ। राजालाइ क्यान्सर देखिएपछि उनले सार्वजनिक कामकाज गर्न छाेडेका  बीबीसीले जनाएको छ ।

बेलायती राजा चार्ल्स ७५ बर्ष पुगेका छन् । उनलाइ क्यान्सर देखिएपछि उनलाइ डाक्टरहरूकाे निगरानीमा राखिएकाे छ । उनकाे सोमबारदेखि स्वास्थ्य परीक्षण सुरू गरिएकोमा क्यान्सर देखिएकाे हाे । तर उनकाे शरीरकाे कुन भागमा क्यान्सर लागेकाे छ र राेगकाे अवस्था कस्ताे छ भन्ने खुलाइएकाे छैन ।

बिबिसीले बकिमहम प्यालेसलाई उदृत गर्दै लेखेको समाचारअनुसार राजा चार्ल्सलाई क्यान्सर देखिएको छ। ७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर लागेको भन्ने खुलेको छैन।

बेलायतकाे राजदरबार बकिङ्घम प्यालेसले राजालाई क्यान्सर भएको पुष्टी गरेकाे छ, तर राजालाइ लागेकाे क्यान्सर राेगकाे बिस्तृत जानकारी दिइएकाे छैन । उनलाइ क्यान्सर राेग लागेकाे बारे महारानी, युवराजहरू र राजदरबारका सबै सदस्यलाइ जानकारी गराइएकाे छ ।

राजा चार्ल्सलाइ क्यान्सर भएकाे थाह पाएपछि अमेरिकामा रहेका राजकुमार ह्यारी बुबालाइ भेट्न बेलायत फर्कने तयारीमा रहेकाे बताइएकाे छ । अर्का राजकुमार विलियम्सले आफ्ना बुवासँग निरन्तर सम्पर्कमा रहेकाे बीबीसीले जनाएकाे छ । 

क्यान्सर राेग लागे पनि राजा चार्ल्स स्वस्थ छन् । उनले छिट्टै पूर्ण रूपमा निको भई काममा फर्किने जनाउ दिएका छन् । तर क्यान्सरकाे उपचारका लागि उनले सार्वजनिक दायित्वबाट हात झिकेका छन् । संवैधानिक राजाका रूपमा उनकाे दायित्व भने उनैसंग छ । बेलायतका राजा संवैधानिक राजा हुन् । उनले स्वास्थ्यका कारण संबैधानिक काम कर्तव्य निर्वाह गर्न नसकेमा राज्यका सल्लाहकारको रूपमा अरू कसैलाइ नियुक्त गर्न सकिने तर उक्त ब्यक्ति राजपरिवारकै सदस्य रहने ब्यवस्था बेलायतमा छ ।

प्रतिक्रिया