लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिबेशन, वाईवाकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन

बेसीशहर । लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिबेशन शनिबार दक्षिण काेरियाकाे सउलमा सम्पन्न भएकाे छ ।

१३ औं कार्यसमितिका अध्यक्ष राजकुमार गुरूङको अध्यक्षता एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरूङकाे प्रमुख अतिथ्यता र  पूर्व अध्यक्ष यज्ञ प्रसाद सुबेदी एवं गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीकाे विशेष अतिथ्यमा भएकाे थियाे ।

अधिवेशनले मेघ प्रसाद वाईवाकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकाे छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सन्तोष धिंगल, उपाध्यक्षमा सुक गुरूङ र रोशन गुरूङ, महासचिबमा गम गुरूङ, सचिवमा कृतिका गुरूङ, काेषाध्यक्षमा कमला गुरूङ र सह कोषाध्यक्षमा शान्ता तामाङलाइ चयन गरेकाे छ ।

त्यस्तै समितिका सदस्यहरूमा रमेश क्षेत्री, हर्क गुरूङ, बिकाश गुरूङ, पूर्ण गुरूङ, तपल गुरूङ, तारा गुरूङ, ऋतु गुरूङ, मिलन गुरूङ, सोमिता तामाङ र राम दुरा चयन भएका छन् ।

नयाँ कार्य समिति चयन गर्नका लागि लमजुङ परिवारका संरक्षक भीम गुरूङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । 

अधिवेशनमा नेपाली संपर्क समिति एनसिसिका उपाध्यक्ष मनोज कुमार सुबेदी, कास्की परिवारका अध्यक्षलगायत बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थाका अग्रज एवं सल्लाहकारहरू र संस्थाका सदस्यहरूकाे बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया