बेसीशहर, फागुन १७ गते । क्रोएसिया पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने लमजुङका एक युवा काठमाडौंमा पक्राउ परेका छन् ।
लमजुङको बेसीश्हर नगरपालिका वडा नं. ११ चिती घर घइ हाल काठमाण्डौं वडा नं. २६ सामाखुशी बस्ने बर्ष ३२ का हिराजन पन्तलाई काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान विभागले पक्राउ गरेको हो ।
उनलाई समीर आचार्य नामका ब्यक्तिलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, त्यसको लागि नौ लाख रुपैयाँ लाग्छ र क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक डेढ लाख रुपैयाँ तलब हुने प्याकिङ काम लगाइदिन्छु भनि पटक पटक गरी ८ लाख रुपैयाँ लिई ठगि गरेको अभियोग छ ।
क्रोएसिया पठाइदिने भन्दै रकम लिए पनि लामो समयसम्म सम्पर्क विहीन भएपछि उनी विरुद्ध विभागमा उजुरी परेको थियो । तत्पश्चात विभागबाट खटिएको प्रहरी टोलीले पन्तको खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौंको सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको विभागले जनाएको छ ।