बेसीशहर, असार ९ गते । स्थानीय निर्वाचनकाे झल्काे दिने गरी निर्बाचन भएकाे बेसीशहर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे नयाँ समितिकाे अध्यक्षमा प्रगतिशील प्यानलका रामबहादुर गुरूङ बिजयी भएका छन् ।
आइतबार सम्पन्न मत परिणाम अनुसार लाेकतान्त्रिक प्यानलका लाेकेन्द्र गुरूङलाइ पराजित गर्दै गुरूङ अध्यक्ष पदमा विजयी भएका हुन् । *
उपाध्यक्षमा लाेकतान्त्रिक प्यानलका आश कुमारी गुरूङ बिजयी भएकी छन् ।
समितिकाे सचिवमा प्रगतिशील प्यानलकै शम्भुलाल श्रेष्ठ बिजयी भए । काेषाध्यक्षमा प्रगतिशील प्यालका नन्दलाल श्रेष्ठ बिजयी भए ।
महिला सदस्य पदमा प्रगतिशील प्यानलका युक्मी गुरूङ र सविना रिमाल बिजयी भए । दलित सदस्यतर्फ प्रगतिशील प्यानलका गाेपाल परियार बिजयी भए ।
४ जना खुला सदस्य पदमा प्रगतिशील प्यानलका ३ र लाेकतान्त्रिक प्यानलका १ जना बिजयी भए । प्रगतिशील प्यानलबाट राजन पाैडेल, बिनाेद तामाङ, भिमसेन अधिकारी, र लाेकतान्त्रिक प्यानल (राप्रपा)बाट अजित बहादुर अधिकारी बिजयी भए ।
बेसीशहरमा शुक्रबार शुरू भएकाे बेसीशहर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे पाँचाै अधिवेशन मत परिणाम आएसंगै सम्पन्न भएकाे छ । नयाँ समितिकाे चयनका लागि शनिबार मतदान भएकाे थियाे । निर्वाचनमा भएकाे प्रचार प्रसार, निर्वाचनस्थल जिल्ला समन्वय समितिकाे सभाहल, सहभागी मतदाता, प्यानलसहितकाे प्रचार प्रसार र निर्वाचनकाे माहाेलले स्थानीय निर्वाचनकाे झल्काे दिएकाे थियाे । बेसीशहरकाे खानेपानीकाे निर्वाचनले बिगतदेखि नै स्थानीय निर्वाचनकाे झल्काे दिने गरेकाे छ ।
शनिबार भएकाे निर्वाचनमा ५६ प्रतिशत मात्र मतदान भएकाे थियाे । उपभाेक्ता समितिमा कूल ३१९७ सदस्य रहेकामा १८०१ मत खसेकाे थियाे ।
(*सच्याइएकाे)
मिलन शर्मा दनाई