लमजुङमा संगठन बढाउँदै रास्वपा, थप दुइवडामा कमिटी गठन

संगठन निर्माणकाे क्रममा रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लमजुङकाे बेसीशहर र सुन्दरबजार नगरपालिकाका विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे वडा कमिटी गठन गरेकाे छ । बेसीशहरकाे वडा नं. १० र सुन्दरबजारकाे वडा नंं २ मा वडा कमिटी गठन गरिएकाे हाे ।


शनिबार बेसीशहरकाे वडा नंं १० बेसी भाचाेकमा भएकाे रास्वपा समर्थकहरूकाे भेलाले सुलजंग तामाङ सभापति रहने गरी वडा कमिटी गठन गरेकाे हाे । नवगठित वडा कमिटीकाे उपसभापतिमा कृष्ण परियार, सचिवमा निवास घिमिरे र सदस्यहरूमा बलबहादुर राना, चन्द्र बहादुर कार्की,प्रितम गुरूङ, विष्णाुमाया न्याैपापापने,, कलबहादुर तामाङ, डम्मर जंग गुरूङ, दुर्गा बहादुर बसाैला र कृति खत्री चयन भएका छन् ।


भेलाले बेलबहादुर घिमिरे, डम्बर बहादुर राउत, कृष्णहरि घिमिरे, बिनाेद रिमाल, बसन्त अधिकारी र श्रीप्रसाद गुरूङलाइ नगर विभागकाे सदस्यमा सिफारिस समेत गरेकाे छ ।

भेलामा रास्वपा निर्वाचन क्षेत्रीय समितिका सदस्य भाेला शर्मा, अर्का सदस्य एवं बेसीशहर ६ का वडाध्यक्ष  प्रकास थापा, रास्वपा बेसीशहर नगरकमिटीका सभापति कृष्णबहादुर राउत, वडा नंं ७ का सभापति राजकुमार घिमिरे, वडा नं. ८ का सभापति ध्रुव ढकाल लगायत उपस्थित थिए ।

शनिबार सुन्दर बजार नगरपालिकाकाे वडा नं. परेवाडाँडामा पनि रास्वपा समर्थितहरूकाे भेलाले हेमन्त भड्खलेकाे सभापतित्वमा  ११ सदस्यीय वडा कमिटी गठन गरेकाे छ ।


नगगठित वडा कमिटीकाे उपसभापतिमा सुन्दर श्रेष्ठ, सचिवमा मीना श्रेष्ठ चयन भएका छन् । नवगठित समितिकाे सदस्यहरूमा पूजा अधिकारी, रामप्रसाद सेढाइँ, कृष्णप्रसाद दनै, गणेश सेढाइँ, दिलबहादुर खड्का, हिराजन श्रेष्ठ,दीपक खड्का र नारायण कुमार मगराती चयन भएका छन् ।

भेलाले प्रेमबहादुर थापा, रामचन्द्र सेढाइँ, गाेमा ठकुरी र राजेश सेढाइँलाइ वडा कमिटीकाे सल्लाहकार चयन गरेकाे छ ।

रास्वपा लमजुङका सहसंयाेजक अशाेक सापकाेटाकाे प्रमुख अतिथ्यमा भएकाे भेला सुन्दरबजार नगर कमिटीका सभापति श्याम केसीकाे अध्यक्षतामा भएकाे थियाे ।




प्रतिक्रिया