नेकपा एमाले बेसीशहरकाे अध्यक्षमा भाेजबहादुर रिमाल निर्वाचित

बेसीशहर, बैशाख ३१ गते । नेकपा एमाले बेसीशहर नगर कमिटीको अध्यक्षमा भाेजबहादुर रिमाल निर्वाचित भएका छन् । नयाँ नगर कमिटीकाे नेतृत्वका लागि सोमबार दिउसाे भएकाे निर्वाचनबाट रिमाल १२८ मतका साथ बिजयी भएका हुन् ।

प्रतिद्वन्द्धी शरद बराललाइ फराकिलाे मत अन्तरले पराजित गर्दै रिमाल अध्यक्षमा बिजयी बनेका हुन् । उनले १२८ मत पाउँदा अध्यक्षका प्रत्यासी बरालले भने ५७ मत मात्र पाउन सके ।

अधिवेशनबाट नगर कमिटीकाे उपाध्यक्षमा इन्द्रबहादुर गुरूङ १०३ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्धी रामकुमार श्रेष्ठले ५४ मत र अर्का प्रत्यासी शंकरनिधि कमलीले २९ मत मात्र पाए । सचिव पदमा गाेविन्द खड्का १०९ मतका साथ बिजयी भए । उनले प्रतिद्वन्द्धी युवराज पाैडेललाइ  ३६ मतले पराजित गरे ।

उपसचिव पदमा शंकर बस्नेत निर्विराेध भए । महिला उपसचिव पदमा सपना श्रेष्ठ ९८ मतका साथ बिजयी भइन् । उनले प्रतिद्वन्द्धी बिमला अधिकारीलाइ १२ मतले पछि पारिन् ।

शनिबार बेसीशहरमा शुरु भएको नगर अधिबेशनबाट अन्य पदहरू भने निर्विराेध निर्वाचित गरेकाे छ । अध्यक्ष, उपाध्यक्ष, सचिब र महिला उपसचिब पदमा सहमति हुन नसकेपछि सोमबार निर्बाचन भएको हो । 

घाेषित परिणाम अनुसार नगर कमिटीमा वडा नं. १ बाट खुला नगर सदस्यतर्फ मदनबहादुर शाक्य, बसन्त बोहरा र महिला सदस्यमा कल्पना लोहनी, वडा नं. २ बाट खुला सदस्यतर्फ गुमानसिं कँडेल र चन्द्रबहादुर परियार र महिला सदस्यमा नानीमाया थापा, वडा नंं ३ बाट खुला सदस्यमा दूधजंग गुरुङ र कृष्णबहादुर दुलाल तथा महिला सदस्यमा पुष्पा खत्री निर्विरोध निर्वाचित भए ।

वडा नंं ४ बाट खुला सदस्यमा लक्ष्मण गुरुङको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भए । महिला सदस्यमा बिमा गुरुङ निर्वाचित भइन् । वडा नंं ५ मा खुलातर्फ तुलसीप्रसाद गुरुङ र अमृत गुरुङ तथा महिलातर्फ बबिता विक, वडा नंं ६ मा खुलातर्फ डण्डबहादुर गोदार, दुर्गाबहादुर गुरुङ र महिलातर्फ रजनी रिमाल, वडा नंं ७ बाट खुलातर्फ दीपकराज पौडेल र बुद्धिबहादुर घिमिरे, रितादेवी पाैडेल घिमिरे तथा महिलातर्फ निर्मला रिमाल निर्विरोध भएका छन् ।

वडा नंं ८ बाट खुलातर्फ बीरबहादुर घिमिरे, वेदराज खनिया र कृष्णबहादुर देउजा तथा महिलातर्फ पुष्पकला मिश्र, वडा नंं ९ बाट खुलातर्फ मीनबहादुर राउत र भीमसेन अधिकारी तथा महिलातर्फ विष्णु क्षेत्री, वडा नंं १० बाट खुलातर्फ राजु गुरुङ, रामबहादुर गुरुङ र किमप्रसाद गुरुङ तथा महिलातर्फ कमला परियार र वडा नंं ११ बाट खुलातर्फ ईश्वर श्रेष्ठ, सन्तबहादुर तामाङ र टुकराज तामाङ र महिलातर्फ पुतलीदेवी सेढाइँ निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत हिरालाल विश्वकर्माले जानकारी दिए ।

२२१ जना प्रतिनिधि रहेकाे नगर अधिवेशनमा १९१ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।

अधिवेशनबाट नगर कमिटीका सदस्य र लेखा समिति पनि निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे छ ।

निर्विरोध निर्वाचित लेखा समितिको अध्यक्षमा ईश्वरराज सेढाइँ, उपाध्यक्षमा रमेशराज पन्त, सचिवमा विष्णुबहादुर थापा, खुला सदस्यमा मेनकुमारी गुरुङ र महिला सदस्यमा श्रद्धा घिमिरे पौडेल छन् ।

नवनिर्वाचित अध्यक्ष रिमाललाइ प्रमुख निर्वाचन अधिकृत हिरालाल विश्वकर्माले पद तथा गाेपनियताकाे सपथ खुवाएका थिए ।

प्रतिक्रिया