राजकीय सम्मानका साथ स्वर्गिय नेम्बाङकाे अन्त्येष्टी हुँदै, आज सार्वजनिक विदा

काठमाडौं, भदौ २८ गते । दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

हृदयघातका कारण नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीरलाइ श्रद्धाञ्जलीका लागि दुई दिनसम्म नेकपाा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा राखिएकोमा बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

स्वर्गिय नेम्बाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा किराँत मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अन्त्येष्टिअघि शवयात्रा गरिने र शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

नेम्बाङको निधनमा आज सरकारले शोक बिदा समेत दिएको छ ।

नेम्बाङले नेपालको नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका थिए। संविधान सभा अघि उनी ब्यवस्थापीका संसदमा सभामुखसमेत भएका थिए। २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए। २०५६ को संसदीय निर्वाचनमा विजयी भइ उनी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भए।

नेम्वाङको जन्म २००९ फागुन २८ मा इलाम जिल्लाको सुन्तलाबारीमा भएको थियो। पिता बाबु रामबहादुर नेम्बाङ र माता अपिन्द्रकुमारी का सन्तान रूपमा जन्मिएका नेम्वाङका दुई छोरा र दुई छोरी छन् । कानुनमा स्नातक ९बीएल० गरेका उनी पछिल्ला ५० वर्ष भने सक्रिय राजनीतिमा थिए । पछिल्लो समय नेकपा एमालेको उपाध्यक्ष रहेका उनी भद्र र शालीन राजनीतिज्ञको रूपमा परिचित थिए ।

प्रतिक्रिया