करापुटार, फागुन १७ गते । महाशिवरात्रीका अवसरमा लमजुङको धार्मिक पर्यटकीय स्थल करापुटारमा आयोजना गरिएको १४ औं करापुटार खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ को उपाधि विरुवा गाउँपालिका वडा नंं २ ले जितेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ७ करापुटारमा महाशिवरात्रीका आवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शुक्लगण्डकी नगरपालिका वडा नंं १० तनहूँलाई पराजित गर्दै विरुवा २ स्याङजाले उपाधि जितेको हो ।
जीतसंगै विरुवा २ स्याङजाले नगद ५० हजार, शिल्ड, स्वर्ण पदक र प्रमाणपत्र र द्वितीय स्थान प्राप्त गरेको शुक्ल गण्डकी १० तनहूँले नगद ३० हजार, शिल्ड, रजत पदक र प्रमाण पत्र पुरस्कार पाएको छ ।

प्रतियोगितामा विरुवा २ स्याङजाका खेलाडी कृष्ण राना सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट स्पाइकर विरुवा २ स्याङजाका विनायक थापा, उत्कृष्ट डफेन्डर शुक्लागण्डकी १० तनहूँका विमल थापा मगर, एत्कृष्ट सेटर विरुवा २ स्याङजाका विमल थापा, उत्कृष्ट ब्लजर शुक्लागण्डकी १० का प्रेम घोषित भए ।
करापुटार युवा क्लवले आयोजना गरेको प्रतियोगितामा लमजुङ, कास्की, तनहूँ र स्याङजाका गरी १५ टीमको सहभागिता रहेको थियो ।
खबरकुञ्ज