काठमाडौं साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदहरूको समर्थन पाएका छन् ।
आइतबार प्रतिनिधिसभा उनले राखेकाे विश्वासकाे मतकाे प्रस्तावमा १८८ सांसदले उनकाे पक्षमा मतदान गरेका हुन् । प्रतिनिधि सभामा २७५ सदस्यमध्ये विश्वासकाे मत सम्बन्धी आइतबारकाे वैठकमा उपस्थित २६३ सांसद उपस्थित थिए ।उनले राखेकाे प्रस्तावकाे विपक्षमा ७४ जना सदस्यले मतदान गरे । उनलाइ सामान्य बहुमतका लागि १३८ सदस्यकाे समर्थन आवश्यक पर्नेमा दुइ तिहाइ अर्थात १८८ जना सांसदले समर्थन गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदहरूले बिश्वासकाे मत दिए । उनकाे विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले मत दिए भने नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवालले कसैलाइ पनि मत नदिइ तटस्थ बसे ।
नेपाली कांग्रेसंग ७ बुँदे सहमति गरी नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे अनुसार उनले आइतबार प्रतिनिधि सभामा विश्वास मत मागेका थिए ।
खबरकुञ्ज