संसदमा रवि लामिछानेकाे गर्जनः नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय बिशेष समिति बनाउनु पर्छ

काठमाडाैं, जेठ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति गठन गरी छानबिन गर्न  माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारकाे बैठकमा आकस्मिक समय लिएर बाेल्दै लामिछानेले यो प्रकरणमा मुछिन कुनै राजनीतिक दल बाँकी नरहेकाे र राज्यका निकाय, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आए अनुसार छानवीन नभएकाे भन्दै संसदीय विशेष समिति बनाइ छानवीन गर्नु पर्ने बताए ।

उनले यस विषयमा तीन राजनीतिक दलहरू खुसुरफुसुर गरिरहेकाे भन्दै अगाडि भने– "यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिउसै, दिनदहाडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय, बालुवाटारमा,  मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएकाे यस्ता विषयहरू आएका छन्, यहाँ मुछिएका मान्छेहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने? त्यसकारणले याे विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ, जुन जुन निकायहरू यसमा लागि परेका छन् कसैकाे पनि विश्वास गर्ने वातावरण नभएकाे हुनाले सम्माननीय सभामुख महाेदयमार्फत याे अनुराेध गर्न चाहन्छु कि ज-जसको नाम आएको छ, तिनलाइ छानवीनकाेसम्म दायरामा ल्याउन नहुने, साेधपुछसम्म गर्न नहुने गरि किन डराएकाे ?"

उनले अगाडि भने– "गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएकाे थियाे, प्रधानमन्त्रीले मुटु दराे छ भन्नु भएकाे थियाे । उहाँको मुटु कहाँ गएर चेक गर्ने? उहाँकाे मुटु कति दह्रो छ भन्ने हामीले देखेका छौं, यसकारणले हरेक नाम अाएका मान्छेहरूसंग साेधपुछ हुनुपर्याे, उनलाइ कारबाहीकाे दायरामा ल्याउनु पर्याे । खुट्टा कमाउनु भएन।"

उनले अगाडि भने– "हाम्रा हकमा अाम नागरिकका हकमा अाउँछु भन्दा भन्दै, बयान दिन अाउँछु भन्दा भन्दै धरपकट गरेर लगिएकाे इतिहास छ, न्यूजरूमबाट समातिएकाे मान्छे म यैं छु । मान्छेले अडियाे दिएका छन् र प्रहरी प्रमुखले भनेका छन् अडियाे सही हाे भनेर भनेका छन् । एकपटक साेधपुछका लागि बाेलाउन नहुने काे हाे उहाँहरू ? यत्राे ठूलाे अन्तराष्ट्रिय बेइज्जत भएकाे अवस्थामा याे कदापि हुन दिँदैनाैं सभामुख महाेदय । याे  गम्भीर बिषय छ, जसजसले छानवीन गर्नु पर्ने हाे, उनीहरूकाे नाम अाइरहेकाे छ । म अाएका अाधारमा, नाम अाएका अाधारमा कसैलाइ अाराेप लगाउन गइरहेकाे छैन, तर याे छानवीले नेपाली जनताले चाहेकाे जस्ताे नतिजा दिन सक्दैन, संसदले विशेष समिति बनाउनु पर्छ, म यसमा अनुराेध गर्न चाहन्छु र माग गर्न चाहन्छु ।"

हेर्नुहाेस् भिडियाेः

https://youtu.be/FG_KIUIUMLo

प्रतिक्रिया