८७ ग्राम चरेससहित बेसीशहरबाट एक युवक पक्राउ

बेसीशहर । लमजुङको सदरमुकाम बेसीशहरबाट लागू औषध चरेस सहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मनाङ जिल्ला ङिस्याङ गाउँपालिका वडा नंं ७ का ३० बर्षिय राजु गोतामे चरेससहित आइतबार पक्राउ परेका हुन् ।

मनाङबाट लमजुङ तर्फ लागू औषध चरेश ओसारपसार भई रहेको भन्ने सूचनाको आधारमा मिति असार १० गते बेलुका ५.५० बजे जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरी टोलीले लमजुङको बेसीशहर नगरपालिका वडा नं. ०८ शेरा बजारमा शंस्कापद अवस्थामा हिडिरहेको अवस्थामा गोतामेलाई पक्राउ गरेको हो ।

उनको खानतलासी लिँदा उनको साथबाट ३२ टुक्रा (पिस) ८७.०७ ग्राम लागू औषध (चरेश) बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकास श्रीमलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

पक्राउमा परेका गोतामेलाई सोमबार जिल्ला अदालत लमजुङबाट लागू औषध सम्बन्धी कसूरमा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया