गायिका मञ्जुको पहाडीलाई चुनौतिः एक टुृक्का ठाडोभाका गाएर देखाउ, स्वस्तिकाकाे प्रश्नले पहाडीकाे ओठतालु सुक्याे

खबरकुञ्ज

बेसीशहर भदौ ९ गते । लमजुङकी चेली लोकदोहोरी तथा ठाडोभाकाकी उदयीमान गायिका मञ्जु विकले लमजुङे ठाडोभाकाको ठेक्का आफ्नै मात्रै हो भनी घमण्ड गर्ने तथाकथित ठाडोभाका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई ठाडोभाका कस्तो हुन्छ ? भन्दै एक टुक्का सुनाइदिन चुनौति दिएकी छन् ।

काठमाडौंमा एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै पहाडीले वरीष्ठ लोक गायक एवं लोक स्वर सम्राट राजु परियार र लमजुङकी ठाडोभाकाकी उदीयमान गायिका मञ्जु विकले ठाडो भाका विगारेको भन्दै प्रतिष्ठानले दिने पुरस्कार उनीहरुलाई नदिने सार्वजनिक अभिब्यक्ति दिँदै उनीहरुले माफी माग्नुपर्ने अभिब्यक्ति दिएपछि मञ्जुले पहाडीलाई एक टुक्का ठाडोभाका गाएर देखाए आफू पनि माफी माग्न तयार रहेको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मञ्जुले आफूले कुनै पुरस्कारको लोभमा ठाडोभाका नगाएको प्रष्ट पार्दै मौलिक लोक संस्कृतिको जगेर्ना गर्न आफूले ठाडोभाका गीत गाएको र यो गीत गाउन अझै सिक्दै गरेको प्रष्ट पारेकी छन् । उनले आफ्नो स्टाटसमा ८/९ बर्षकै उमेरदेखि आफू स्व. भेडीखर्के साइँला, स्व. देवी गुरुङ धनबहादुर गुरुङ, स्व.ज्ञानमाया थापा, उत्तम गुरुङ लगायतसंग विभिन्न स्थानमा साथै गई गीत छोप्दै सिक्दै गरेको र १५/१६ बर्षको उमेरदेखि भेडीखर्के साइँलासंग समेत गीत गाउदै सिक्दै गरेको स्मरण गरेकी छन् ।

भेडीखर्के साइँला र ज्ञानमायाको निधनपछि उत्तम गुरुङले पनि गीत गाउन छोडेपछि हाल वरीष्ठ गायक राजु परियारसंग मिलेर ठाडो भाका गाउँदै गहिराईमा सिक्दै गरेको बेला गीत गाएर मौलिकता जोगाउने प्रयास गरेकामा नवराज पहाडीले आफूहरुलाई मुद्दा हाल्ने सम्मको कुरा गरेको मञ्जुले बताएकी छन् ।

गायिका मञ्जुले आफूले ठाडोभाका पहाडीको हातबाट पुरस्कार पाउन नभई मौलिकता जोगाउन गाएको समेत स्पष्ट पारेकी छन् । उनले भनेकी छन्– “मैले ठाडो भाकाको गीत गाउनुको सट्टा बजार खाने गीत गाएको भए मलाई पनि राम्रै हुन्थ्यो होला, तर म त मेरा गुरुहरुको आशीर्वाद शिरोपर गरेर हिँडेको हो, कुनै सम्मान वा पुरस्कारको लोभमा हिँडेको होइन ।”


सञ्चारकर्मी स्वस्तिका पन्थीले सेभेनस्टार फोर के टेलभिजनको सम्बादमूलक कार्यक्रम स्टार टाइम्सका लागि लिएको नवराज पहाडीको अन्तरवार्ताको सानो अंशमा राजु परियार र मञ्जु विक विरुद्ध पहाडी खनिएको देखाइएको छ । उक्त अन्तरवार्ताको पुरा भिडियो सार्वजनिक भइसकेको छैन । तर बाहिरिएको सानो भिडियोमा स्वस्तिकाको प्रश्नले नवराज पहाडीको ओड तालु सुकेको स्पष्ट देखिन्छ ।



भिडियोमा भेडीखर्के दाईले गाएझै नगाएर राजु र मञ्जुले ठाडोभाका विगारे भन्दै पहाडीले संस्थासंग जाेरीखाेज्न उनीहरु सक्छन् ? भनि प्रश्न गरेका छन् । स्वस्तिकाले तपाइँलाई पनि ठाडोभाका प्रतिष्ठान खोलेर मागी खाने भाँडो बनायो भनिरहेका छन् नि भनि प्रश्न गर्दा पहाडीको ओठतालु सुकेर जिब्रोले भिजाउने कोशिस गरेको स्पष्ट देख्न सकिन्छ ।

उनको ओठतालु किन सुक्यो उनै जानुन् । तर स्वतिकाको ठाडोभाका प्रतिष्ठानलाई मागीखाने भाँडो बनाएको भन्ने प्रश्नमा उनको ओठतालु सुक्नुले प्रश्नमा भनिएको खानेभाँडो बनाएको रहस्योदघाटन भएको बेसीशहरमा चर्चा छ ।

पछिल्लो समय राजु परियार र मञ्जु विकले गाएको ठाडोभाकाको गीतले युट्युवमा ११ लाख बढी भिउज पाएको छ । अन्तरवार्तामा उक्त गीतलाई पहाडीले ठाडोभाका  नै हाेइन भनेका छन् । 

प्रतिक्रिया