एसईईमा किस्मतले पाए ४ जिपिए, सर्वाेत्कृष्ट भएकाे विद्यालयकाे दावी

बेसीशहर । यस बर्षकाे एसई नतिजामा बेसीशहरकाे बालकल्याण माविका मेधावी छात्र किस्मत अधिकारीले ४ जिपिए प्राप्त गरेका छन् । एसईकाे नतिजा सार्वजनिक हुँदा ३.९५ प्राप्त गरेका उनले नतिजामा चित्त नबुझि पुनर्याेग गर्दा ४ जिपिए प्राप्त गरेका हुन् ।

पुनर्याेगपछि किस्मतकाे नतिजा फेरिएसंगै उनी नेपालकै सर्वोत्कृष्ट बिद्यार्थी र बालकल्याण मावि जिल्लाकै उच्च नतिजा दिने बिद्यालय बन्न सफल भएका छन् ।

गएकाे एसईईको नतिजामा लमजुङमा सामुदायिक बिद्यालयतर्फ ३ जना र संस्थागत बिद्यालयतर्फ १ जना परीक्षार्थीले ३.९५ ल्याई जिल्लामा उत्कृष्टता हासिल गरेका थिए । तीमध्ये सामुदायिक बिद्यालयबाट ३.९५ जिपिए  पाएका  किस्मतले पुनर्योग गर्दा ४ जिपिए प्राप्त गरेपछि उनी लमजुङकाे मात्र नभइ नेपालमै सर्वोत्कृष्ट हासिल गर्न सफल भएको वालकल्यण माविका प्रधानाध्यपक तीर्थ न्याैपानेले बताए ।

नतिजा घाेषणासंगै देशभरबाट ४२ जनाले ४ जिपिए ल्याएकोमा अब किस्मत थपिएपछि उक्त नतिजा पाउने ४३ जना भएका छन् । किस्मतकाे सफलतामा बालकल्याण माविका शिक्षक अभिभावक तथा विद्यार्थीहरूमा खुशीकाे लहर छाएकाे प्रअ न्याैपानेले बताए ।

लमजुङबाट आदर्श बाल मावि  सुन्दरबजारका सन्देश पाण्डे, भैरवकाली माविका सुशान्त अधिकारी र ग्लोबल भिजन अंग्रेजी माबिका छात्रा आशिका थापाले ३ दशमलव ९५ जीपीए  प्राप्त गरेका थिए ।

प्रतिक्रिया