गीत

–ओम भुजेल
बेसीसहर-११, रामचाेक, लमजुङ 

एकान्तमा साथ दिने मेरो यौटै साथी 
मुस्काउँछ सधैं सधैं सिरानीको माथि ।

   जून पनि हराउँछ ओैंसीलाई छल्न 
    घाम पनि डुबिजान्छ रातलाई झेल्न
    दिनरात नभनेर माया गर्ने जाती
    एकान्तमा साथ दिने यौटै मेरो साथी ।

सारा पीर हराउँछ एकै दर्शन पाए
धन्य हुन्छ जिन्दगानी यस्तै प्रीत लाए
सम्झिएर ल्याउँदा नि चौडा हुन्छ छाती
एकान्तमा साथ दिने मेरो यौटै साथी ।


 

प्रतिक्रिया