बेसीशहर । नेपालमा धेरै नै लाेकप्रिय बन्दै गएकाे सामाजिक सञ्जाल टिकटक बन्द गर्ने नेपाल सरकारले निर्णय गरेकाे छ । साेमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटकका कारण सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
सरकारले बन्द गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने उनले जानकारी दिइन् । उनले भनिन् ‘आज निर्णयमात्रै भएको छ, यसलाई बन्द गर्न के के प्रकृया पुरा गर्नु पर्ने हाे, त्याे प्रक्रिया पुरा गरिने छ ।
सरकारकाे निर्णय लगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणले सरकारकाे निर्णयबारे टिकटकलाई पनि इमेल गरिकेकाे र २४ घन्टामा सबै ब्लक हुने अपेक्षा गरिएकाे जनाएकाे छ ।