काठमाण्डाै । यस बर्षकाे एसईई परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेकाे हाे ।
बोर्डले बिहिबार दिउसाे पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले ३.६० देखि ४ 'जीपीए' प्राप्त गरेका पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।
गएको चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा देशभरका सामुदायिक र निजी विद्यालयका गरी कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको छ । वेबसाइट, एसएमएस र आइभिआरबाट समेत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिन्छ । त्यस्तै एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था मिलाइएको छ । इन्टरनेटमा परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सकिने छ ।
नतिजा हेर्न सकिने वेभसाइटहरू
www.see.gov.np
www.see.ntc.net.np
www.khaltif.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconncetplus.com
www.see.edusanjal.com
www.admissionnepal.com
www.seenicasiabank.com
www.neemaaacademy.com
www.mypay.com.np
www.nepaleducatipnportal.com
www.ayoresult.com