रोल्पा । राेल्पामा बिषालु जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
राेल्पापाकाे लुंग्री गाउँपालिका–५ कालापोखरामा गत असार २८ गते जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ । मृत्यु हुनेमा ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ छन् ।
जंगली च्याउ खाई बिरामी परेपछि उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा पठाइएकाे थियो । उपचारकै क्रममा आमा भीमाको आइतबार, सुशील गुरूङकाे असार ३० गते र ६ बर्षका प्रेमकाे २८ असारमै मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
लुंग्री गाउँपालिका–५ कै बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको छ । साेही पालिकाकाे वडा नं.१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेकामा उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।