बेसीशहर, असोज २ गते । लमजुङको बेसीशहरमा रहेको युनिभर्षल एकेडेमी राष्ट्रिय शिक्षा दिवसका अवसरमा पोखरामा आयोजित एक समारोहबीच पुरस्कृत भएको छ ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा लमजुङ जिल्लाबाट संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा शिक्षा विकास निर्देशनालय पोखराले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा युनिभर्षल एकेडेमी नगद पुरस्कारसहित पुरस्कृत भएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दूकुमार थापा, सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल र निर्देशनालयका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले युनिभर्षलका प्रिन्सिपल बिमल अधिकारीलई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

यस बर्षको एसइइ परीक्षामा लमजुङ जिल्लाभरबाट युनिभर्षल एकेडेमीले सर्वोत्कृष्ट नतिजा ल्याएको थियो । यस बर्षको एसइइ परीक्षामा लमजुङबाट ३ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएकामा सो नतिजा ल्याउने युनिभर्षल एकेडेमीका २ जनामा आयुश्मा गुरुङ र आयुष के.सीले (४ जिपिए ल्याएका थिए ।
सामुदायिक विद्यालयबाट मध्यनेपाल नगरपालिका ७ मा रहेको कुशमाकर माविका छात्र विश्वास घिमिरेले समेत सर्वोत्कृष्ट नतिजा (४ जिपिए) ल्याएका थिए
युनिभर्षल एकेडेमी राष्ट्रिय शिक्षा दिवसका अवसरमा बेसीशहर नगरपालिकाबाट पनि सम्मानित भएको छ । २०८० सालको एसइइ परीक्षामा औषत ३.४६ जिपिए प्राप्त गरी संस्थागत विद्यालयतर्फ उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा विद्यालयलाई सम्मानित गरिएको हो ।
शिक्षा दिवसका अवसरमा बेसीशहरमा बुधवार आयोजना गरिएको कार्यक्रममा बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्यालले विद्यालयलाई सम्मानपत्रले सम्मानित गरेका हुन् ।

खबरकुञ्ज