भानु जयन्तीमा लमजुङकाे भाेटेओडारमा भानुभक्तीय रामायण पाठ र कवि गाेष्ठी

भोटेओडार । २१० औं भानु जयन्तीका अवसरमा लमजुङकाे सुन्दरबजार ९ भाेटेओडारमा भानुभक्तीय रामायणकाे पाठका साथै कवि गाेष्ठी आयाेजना गरिएकाे छ । 

नेपाल निवृत शिक्षक समाज लमजुङकाे आयाेजना भएकाे कार्यक्रममा  आदिकवि भानुभक्त आचार्यकाे ब्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै  भानुमक्तीय रामायणकाे पाठ गरिनुका साथै विभिन्न कविहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार ध्रुबबहादुर कुँवरले ´सांस्कृतिक एकीकरणमा भानुभक्तकाे यागदान बिषयमा प्रकास पारेका थिए ।

साेही अवसरमा साहित्यकार अंगराज घिमिरेले भानुभक्तकाे ब्यक्तित्व र कृतित्वकाे विवेचना र सोमराज बरालले भानुभक्तीय रामायण वाचन गरे । कार्यक्रममा गाेविन्दबहादुर कुँवर, रमेशचन्द्र अधिकारी, लक्ष्मीप्रसाद मिश्र, टीकाराम घिमिरे, रामकृष्ण अधिकारी, अङ्गराज घिमिरे, जनक राज मिश्र, तीर्थराज अधिकारी, हाेतृराज ढकाल, हरिश्चन्द्र सापकाेटा, नारायणप्रसाद ढकाल, पूर्णकान्त सापकाेटा, लवराज ढकाल , साेमराज बराल, मीनप्रसाद ढकाल, जनकलाल श्रेष्ठ र बिष्णुभक्त अधिकारीले कविता वाचन तथा भानुभक्तले नेपाली साहित्यमा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए ।

समाजका अध्यक्ष रामहरि न्यौपानेकाे अध्यक्षतामा भएको कार्यक्रम कवि तथा दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेकाे प्रमुख आतिथ्यमा भएकाे थियाे । सो अवसरमा आउँदो भदौ २८ गते सोही ठाउँमा मोती जयन्ती भव्य रुपमा मनाउने पनि निर्णय भएको कार्यक्रममा सहभागी समाजका सल्लाहकार तथा साहित्यकार गाेविन्द बहादुर कुँवरले जानकारी दिए ।

 

प्रतिक्रिया