काठमाडौं, २२ माघ, । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको पुनर्निर्माण नसकिँदै हतारमा उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नि:शुल्क पार्किङ बन्द गराउन शहरी विकास मन्त्रालयले पत्र लेखेपछि पूर्व प्रधानमन्त्री केपी वलीलाइ समेत शब्दकाे झटाराे हान्दै पार्किङ बन्द नहुने बताएका छन् ।

धरहराकाे पुनर्निर्माण पुरा नभएकाे र मन्त्रालयसंग समन्वय नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको शहरी विकास मन्त्रालयले महानगरपालिकाको ध्यानाकर्षण गराए पछि बालेनले मन्त्रालयसहित पूर्व प्रधानमन्त्री ओलीसमेतलाइ शब्दकाे झटाराे हानेका हुन् । मन्त्रालयले काठमाडाैं महानगरपालिकालाइ निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएकाे थियाे ।
यसकाे जवाफमा मेयर बालेन शाहले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ मन्त्रालयलाइ फर्काएका छन् । मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै पार्किङ बन्द गर्न महानगरलाइ पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ’ भनि सामाजिक सञ्जालमै झटाराे हानेका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्– "तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।"
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा हुने गरेकाे सडक पार्किङलाइ निषेध गरि धरहराकाे बेसमेण्टमा नि:शुल्क पार्किङको व्यवस्था गरेको छ।