बेसीशहर, मंसिर २४ गते । लमजुङको मर्स्याङदी गाउँपालिकाको वडा नं ६ ठूलीबेशीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराती ग१त ६१४१ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक दूधपोखरी गाउँपालिका वडा नं. २ भुम्लीचोक घर भएका मेगराज तामाङको मृत्यु भएको हो ।
बेसीशहरबाट विवाहको सामान लिएर मर्स्याङदी गाउँपालिकाको वडा नंं ६ ताराचोतर्फ जाँदै गरेको उक्त ट्याक्टर वडा नंं ६ को ठूलोबेसीको भित्री सडकमा टुर्घटनाग्रस्त भएको हो ।
ट्याक्टर दुर्घटना भई सडकबाट १५ मिटर तल खसेको थियो । सहचालक तामाङको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
घटनाको खबर पाएपछि बाहुनडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक कुमार केसीको नेतृत्वको प्रहरी टोलीले ट्याक्टर चालक धादिङ बेनीघाट गाउँपालिका वडा नंं ६ घर भएका २८ बर्षका गणेशमान चेपाङलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अघि बढाएको छ ।
खबरकुञ्ज