बेसीशहर, जेठ ८ गते ।
नेपाल ट्रेड युनियन कांग्रेस लमजुङकाे केहि दिन अघि सम्पन्न साताैं जिल्ला अधिवेशन प्रति नेपाल शिक्षक संघमा अावद्ध विभिन्न शिक्षकहरूले प्रश्न उठाएका छन् । उनीहरूले अधिवेशन नाटकीय र छापामार शैलीमा गरिएकाे भन्दै उक्त संगठनकाे मुख्य घटन नेपाल शिक्षक संघका पदाधिकारीहरूलाइ थाहै नदिइ अधिवेशन गरिएकाे भन्दै पुन अधिवेशन गर्न माग गरेका छन् ।
नेपाल शिक्षक संघ लमजुङका पूर्व अध्यक्ष एवं वर्तमान संघीय परिषद सदस्यद्वय विष्णुहरि बास्ताेला र रमाकान्त अधिकारी, जिल्ला उपाध्यक्ष दिनेश चिलुवाललगायत १३ जनाले अधिवेशनप्रति प्रश्न गरेका हुन् ।
उनीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै एउटै संस्थाभित्रका साथीहरूलाइ अधिवेशनकाे सूचना नदिइ सिमित ब्यक्तिहरूकाे स्वार्थका लागि यस्ताे कार्य गरिएकाे भन्दै यस्ताे क्रियाकलापले अाम पेशाकर्मी शिक्षक र पार्टी पंक्तिमासमेत ठेस पुगेकाे भन्दै यस किसिमकाे गुटगत, स्वार्थगत र अबाञ्छित क्रियाकलाप तुरून्त बन्द गरी सबै वर्ग, समूह र क्षेत्रकाे सहभागिता हुने गरी पुनः अधिवेशन गराउन माग गरेका छन् ।
गत जेठ ४ गते मंगला मावि साेतीपसलका शिक्षक तीर्थराज तिवारीकाे नेतृत्वमा नेपाल ट्रेड युनियन कांग्रेस लमजुङकाे अधिवेशन गरिएकाे थियाे ।
यस सम्बन्धमा हामीले नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सुर्यबहादुर केसीलाइ के भएकाे हाे भनि साेधेका थियाैं । जवाफमा अध्यक्ष केसीले भने "लमजुङमा विगत ७ बर्षदेखि नेपाल ट्रेड युनियन कांग्रेसका अधिवेशन नभइ संस्था निष्क्रिय अवस्थामा रहेकाेमा जिल्ला अधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्य दीलबहादुर गुरूङलाइ पठाएकाे रहेछ । जेठ ५ गते प्रदेश अधिवेशन अायाेजना भएकाे र त्यसभन्दा अगाडि जिल्ला अधिवेशन सक्नै पर्ने भएकाले हतारमा जिल्ला अधिवेशन हुन गएकाे हाे ।"
अध्यक्ष केसीलेका अनुसार केन्द्रीय प्रतिनिधि गुरूङ र प्रदेश अध्यक्ष मुरारी शर्माले अन्तिम समयमा अधिवेशन गर्ने जानकारी गराएका र प्रदेश अधिवेशन अगावै जिल्ला अधिवेशन पुरा गर्नु पर्ने बताए पछि अाफूले संघमा छलफल गरेरमात्र टुंगाेमा पुग्ने बताउँदा उनीहरूले शिक्षक संघलाइ बाहिरै राखेर अबद्ध अन्य संस्थाहरूकाे सहभागितामा जिल्ला अधिवेशन सम्पन्न गर्ने बताएपछि शिक्षक संघकै साथीकाे अध्यक्षतामा अधिवेशन गर्न सहमत हुनु परेकाे बताए ।
अध्यक्ष केसीले अाफूले केन्द्रीय प्रतिनिधि र प्रदेश अध्यक्षलाइ अावद्ध संस्थाहरूकाे वैठक बसी ५ गतेसम्म पाेर्टफाेलियाे तयार गर्ने र ६ गते अधिवेशन गर्न सल्लाह दिए पनि केन्द्रीय प्रतिनिधिले प्रदेश अधिवेशनका लागि ५ गते नै नवलपुर जानु पर्ने भएकाले नसकिने जवाफ दिएका बताए । उनले हतारमा वैठक बाेलाएर छलफल गर्न समय नै नभएकाले छलफल गर्न नसकेकाे र विराेध नगर्न सम्बद्ध शिक्षक संघका पदाधिकारी र सदस्यहरूलाइ अाग्रह गरे ।
नेपाल शिक्षक संघका जिल्ला सचिव राजीव पण्डितले साथीहरूले अधिवेशनकाे विराेध भन्दा पनि प्रक्रियागत कमजाेरीका विषयमा अावाज उठाएका बताए । उनले भने– अधिवेशनमा अावद्ध संस्थाहरूबाट सदस्य संख्याका अाधारमा जिल्ला अधिवेशनमा प्रतिनिधि जानु पर्ने प्रावधान रहेकाे र शिक्षक संघ सबै भन्दा धेरै सदस्य रहेकाे संस्था भएकाले संस्थागत छलफल गरी प्रतिनिधि चयन हुन नसकेकाले विराेध अाएकाे बताए ।
लमजुङमा विगत ७ बर्षदेखि ट्रेड युनियन कांग्रेसकाे जिल्ला अधिवेशन हुन सकेकाे छैन । पछिल्लाे पटक बाबुराम पाैडेल अध्यक्ष भएपछि उनले जिल्ला अधिवेशन नगराउँदा लमजुङमा ट्रेड युनियन कांग्रेस निष्क्रिय छ । नेपाल ट्रेड युनियन कांग्रेस लमजुङमा नेपाल शिक्षक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल प्रेस युनियन, नेपाल नाइ संघलगायत विभिन्न ६ वटा संस्था अावद्ध छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसकाे विधान अनुसार संस्थामा आवद्ध संघको जिल्लामा रहेको कूल सदस्य संख्याको आधारमा प्रतिनिधि चयन गर्ने प्रावधान छ । जस अनुसार २५ जना सम्म सदस्य हुने संस्थाबाट १ जना र २६ देखि माथि प्रत्येक २५ जनामा थप १ जना प्रतिनिधि चयन हुने ब्यवस्था छ ।
हेर्नुहाेस् विज्ञप्ती