बेसीशहर १ मा पनि रास्वपाकाे वडा कमिटी गठन

बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणकाे क्रममा लमजुङकाे बेसीशहर नगरपापालिकाकाे थप एक वडामा संगठन विस्तार गरेकाे छ । शनिबार बेसीशहरकाे वडा नंं १ उदीपुरमा वडा कमिटी गठन भएकाे हाे ।

गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका जिल्ला संयाेजक धर्मराज केसी, उपसंयाेजक अशाेक सापकाेटाकाे उपस्थिति र बेसीशहर नगर कमिटीका सभापति कृष्णबहादुर राउतकाे अध्यक्षतामा भएकाे भेलाले बुद्धिलाल श्रेष्ठ सभापति रहने गरी वडा कमिटी गठन गरिएकाे हाे ।

नवगठित समितिकाे उपसभापतिमा साधना अधिकारी, सचिवमा शंकर मिश्र र सदस्यहरूमा बुद्धिमान गुरूङ, श्यामबहादुर दवाडी, देव बहादुर कार्की, जीवन गुरूङ, राजु सेढाइँ, रामु बुढाथाेकी, कमला परियार र रामु खड्का चयन भएका छन् ।

भेलाले नगर बिभागमा सन्ताेष कुमार डिसी र बिष्णु गुरूङलाइ चयन गरेकाे छ ।

प्रतिक्रिया