आर्थिक वर्ष २०८०/८१ काे बजेट संसदकाे दुवै सदनबाट पारित

काठमाडाैं । सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ काे बजेट संसदकाे दुवै सदनबाट पारित भएकाे छ ।

सरकारकाे तर्फबाट अर्थमन्त्री डा. प्रकासशरण महतले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट गत असार १३ गते बजेट पारित भएकोमा बिहीबारकाे राष्ट्रिय सभाकाे वैठकले पनि बहुमतले बजेट पारित गरेकाे हाे ।

संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिनियाेजन बिधेयक २०८० लाइ राष्ट्रिय सभाकाे बिहीबारकाे वैठकले पनि बहुमतले पारित गरेसंगै आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) कार्यान्वयनकाे बाटाे खुलेकाे हाे ।

बिहीबारकाे वैठकमा अर्थमन्त्री डा. प्रकासशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

प्रतिक्रिया