लमजुङ, असार १५। आज १५ असार र राष्ट्रिय धान दिवस । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदैछ ।
आज नेपाली किसानहरूका लागि विशेष दिन हाे । असारे भाकाका गीतहरू गाउँदै, ब्याडे, बाउसे र राेपारेहरू हिलो छ्यापाछ्याप गर्दै आजकाे दिन खेत राेप्ने र दहीच्युरा खाइ महोत्सवसको रुपमा मनाउने चलन छ ।
धान नेपालकाे प्रमुख खाद्यन्न बाली हाे । नेपालकाे हिमाली भेगदेखि तराइसम्म धानकाे खेती हुन्छ । प्रमुख बाली धान र प्रमुख खाना भात भएकाले नेपालमा धानकाे महत्व अधिक छ । सरकारले पनि २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय गरी असार १५ लाइ राष्ट्रिय धान दिवसकाे रूपमा मनाउने निर्णय गरेपछि त्यस यता १५ असारलाइ महाेत्सवकाे रूपमा मनाउन थालिएकाे छ ।
धानबाली नेपालकाे आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षसंगसमेत जाेडिएकाले यसलाइ नेपालीहरूकाे जीवनपद्धतीकाे रूपमा हेरिन्छ । धानकाे महत्वलाइ दृष्टिगत गरी खेती प्रणाालीमा सुधार गरी धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले धान दिवस मनाउन थालिएकाे हाे ।