सरकारी संस्थाले नै स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाएकोे सांसद डा. कार्कीकाे भनाइ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी संस्थाले नीतिगत रुपमै ठगी गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाएकोे बताएकी छन् ।

प्रतिनिधि सभाको आइतबारको वैठकमा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमित विरामीसँग अत्यधिक रकम असुल गरेको भन्दै यस्तो लाजमर्दो विषय उठान गर्नुपरेको बताइन् । उनले भनिन्- ‘ म निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना मसंग छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो, यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सयमात्र पर्न आउँछ ।’

सांसद डा कार्कीले उक्त औषधिमा प्रत्यारोपण केन्द्रले ७५ प्रतिशत बढी नाफा खाएको भन्दै भनिन्-“मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म यो कालोबजारी नमानिने हो या कालोबजारी मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ 

‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने गरिब नागरिकलाई राज्यले नै यसरी लुट्न हुन्छ भन्दै उनले प्रश्न गरिने-“हाम्रो इमान धर्म कता जाँदैछ ? स्वास्थ्य बीमा जस्तो महत्वपूणर् सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजी मात्रै होइन सरकारी संस्थाको नीतिगत ठगी पनि जिम्मेवार छ । यस्ता ठगीलाई तत्काल कारबाही गरियोस् ।”

प्रतिक्रिया