कारागारका बन्दीहरूलाइ बेसीशहर नगरपालिकाले दियाे २ वटा खसी

बेसीशहर । बिगतका बर्षहरूजस्तै बेसीशहर नगरपालिकाले लमजुङ कारागारमा बन्दी जिवन विताइरहेकाहरूलाइ दशैं मनाउन दुइवटा खसी उपलब्ध गराएकाे छ ।

सबै नेपालीहरू दशैंकाे तयारीमा जुटिरहेका बेला घरपरिवार भन्दा टाढा कारागारमा वन्दी जिवन विताइरहेका वन्दीहरूले समेत मीठाे मसिनाे खाएर दशैं मनाउन पाउन भन्ने उद्देश्यले नगरपालिकाले चालिस हजार रूपैयाँ बराबरका दुइवटा खसी कैदीवन्दीहरूलाइ सहयाेग गरेकाे हाे ।

बेसीशहरका मेयर गुमानसिंह अर्यालले बिहीबार कारागारमै पुगी वन्दीहरूलाइ खसी उपहार दिएका हुन् । उनले कारागारका जेलर कमलापति अधिकारी र कैदीबन्दीहरूका नाइकेलाई खसी हस्तान्तरण गरेका थिए । साे अवसरमा उनले वन्दी जिवन विताइ रहेकाहरु परिवारबाट टाढा रहने र उनीहरूलाइ पनि चाडपर्व अाउने र मीठाे मसिनाे खान मन हुने भएकाले उनीहरूका लागि  सानै भए पनि  सहयाेग गर्न पाएकाेमा सन्ताेष लागेकाे बताए ।

साे अवसरमा कारागारका जेलर कमलापति अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारबाट थोरै मात्र सहयोग आउने भएकोले नगरपालिकाको सहयोगले चाडपर्वका बेला कैदीबन्दीहरूलाई खुसी दिलाएकाे बताए ।

लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैदीबन्दी जेल जिवन विताइरहेका छन् ।

प्रतिक्रिया