चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट ल्याएकाे छ ।
चालु आर्थिक बर्षका लागि गत वर्ष १ अर्ब ३६ करोड २३ लाख ७७ हजारको संशोधित बजेट पेश पेश गरिएकाेमा यस बर्ष बजेटकाे आकार ४१ करोड ३४ लाख ८० हजारले घटाइएकाे हाे । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ४८ करोड २६ लाख ८४ हजार (५०.८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार -४९.१४प्रतिशत) बजेट विनियोजन गरेको हाे ।
नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले नगरसभाकाे तेह्राैं वैठकमा बजेट पेश गरेकी हुन् । याे बजेट चालु आर्थिक वर्षको भन्दा २८.२४ प्रतिशतले कम हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष १७ करोड ७० लाख ३८ हजार आन्तरिक आयकाे अनुमान गरेकाे छ। बजेटमा संघीय सरकारको सशर्त अनुदान २४ करोड १४ लाख, समानीकरण अनुदान १५ करोड ७६ लाख र संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने ११ करोड ३४ लाख २० हजार बजेटकाे अनुमान गरेको छ । व्ययतर्फ कार्यसञ्चालन तथा प्रशासनिक खर्च ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा ७ करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारका कार्यक्रमहरु ३ करोड ४० लाख ४० हजार खर्च हुने अनुमान गरिएकाे छ ।
नगरपालिकाले वडास्तरीय योजनाका लागि १७ करोड २६ लाख, विषयगत शाखा तर्फ १४ करोड ५ लाख, नगरस्तरीय विभिन्न कोष तर्फ १ करोड ५० लाख, म्याचिङ्ग फण्डमा २ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३६ करोड ४९ लाख ३० हजार गरी ९४ करोड ८८ लाख ९५ हजार व्यय अनुमान गरेकाे छ।
नगर सभामा नगरप्रमुख शशीकुमार खनियाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका प्राथमिकताबारे जानकारी गराउँदै संघ सरकार र प्रदेश सरकारबाट नै बजेट घटेपछि नगरपालिकाकाे बजेटसमेत खुम्चिएकाे बताए ।