आयोजक क्लव त्रिवेणी कपको क्वार्टर फाइनलमा

खबरकुञ्ज

बेसीशहर, पुस १४ गते । आयोजक त्रिवेणी युवा क्लव बेसीशहरमा जारी ३२ औं त्रिवेणी कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

आईतबार बेसीशहरको सहजी रंगशालामा भएको पहिलो खेलमा सुन्दरबजार फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।


त्रिवेणीका लागि खेलको ५५ औं र ६७ औं मिनेटमा जर्सी नंं ६ का सविर गुरुङले दुई गोल गरे । सुन्दरबजारले गोल गर्न पटक पटक प्रयास गरे पनि सफल भएन ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेल चामे युवा समूह विरुद्ध एनआरटी काठमाडौं भिड्ने छ ।


प्रतिक्रिया