बेसीशहर, बैशाख ३० गते । नेकपा एमाले बेसीशहर नगर कमिटीको नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुने भएको छ ।
शनिबार बेसीशहरमा शुरु भएको नगर अधिबेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिब र उपसचिब पदमा सहमति हुन नसकेपछि सोमबार निर्बाचन हुने भएको हो । शनिबार जिल्ला अधिवेशनको वन्द सत्रपछि नेतृत्वका लागि सहमतिको प्रयास भएकोमा आइतबार दिनभर पनि सहमति हुन नसकेपछि सोमबारका लागि मतदान हुने गरी कार्यातालिका बनाइएको छ ।
नगर कमिटीको अध्यक्षका लागि शरद बराल र भोजबहादुर रिमालकाे उमेदवारी परेकाे छ । उपाध्यक्ष पदका लागि रामकुमार श्रेष्ठ, ईन्द्रबहादुर गुरुङ र शंकरनिधि कमली, सचिव पदमा गोविन्द खड्का, युवराज पौडेल र महिला उपसचिव पदका लागि सपना श्रेष्ठ, प्रेमकुमारी गुरूङ र बिमला अधिकारीको उमेदवारी परेको छ । उपसचिव पदमा खुलातर्फ शंकर बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन् ।
नेताहरूले अध्यक्षमा भाेजबहादुर रिमाल, उपाध्यक्षमा इन्द्रबहादुर गुरूङ, सचिवमा गाेविन्द खड्का र महिला उपसचिवमा सपना श्रेष्ठलाइ निर्विराेध बनाउन खाेजेपछि सहमति हुन नसकेकाे हाे । शनिबार राती अबेर भाेजबहादुर रिमाल अध्यक्ष, गाेविन्द खड्का उपाध्यक्ष, शरद बराल सचिव र इन्द्र बहादुर गुरूङ उपसचिव रहने गरी गरी नगर कमिटी बनाउने कसरत समेत भएकाे थियाे । यसमा प्रायः सबै उमेदवार तयार पनि भएका थिए । तर एकाएक आइतबार बिहान नेतृत्वबाटै उक्त सहमति ताेडिएपछि पदाधिकारीमा निर्वाचन हुन लागेकाे हाे ।
अधिवेशनबाट नगर कमिटीका सदस्य र लेखा समिति भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्विरोध निर्वाचित लेखा समितिको अध्यक्षमा ईश्वरराज सेढाइँ, उपाध्यक्षमा रमेशराज पन्त, सचिवमा विष्णुबहादुर थापा, खुला सदस्यमा मेनकुमारी गुरुङ र महिला सदस्यमा श्रद्धा घिमिरे पौडेल छन् ।
वडा नं. १ बाट खुला नगर सदस्यतर्फ मदनबहादुर शाक्य, बसन्त बोहरा र महिला सदस्यमा कल्पना लोहनी, वडा नं. २ बाट खुला सदस्यतर्फ गुमानसिं कँडेल र चन्द्रबहादुर परियार र महिला सदस्यमा नानीमाया थापा, वडा नंं ३ बाट खुला सदस्यमा दूधजंग गुरुङ र कृष्णबहादुर दुलाल तथा महिला सदस्यमा पुष्पा खत्री निर्विरोध निर्वाचित भएका छन् ।
वडा नंं ४ बाट खुला सदस्यमा लक्ष्मण गुरुङको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भए । महिला सदस्यमा बिमा गुरुङ निर्वाचित भइन् । वडा नंं ५ मा खुलातर्फ तुलसीप्रसाद गुरुङ र अमृत गुरुङ तथा महिलातर्फ बबिता विक, वडा नंं ६ मा खुलातर्फ डण्डबहादुर गोदार, दुर्गाबहादुर गुरुङ र महिलातर्फ रजनी रिमाल, वडा नंं ७ बाट खुलातर्फ दीपकराज पौडेल र बुद्धिबहादुर घिमिरे, रितादेवी पाैडेल घिमिरे तथा महिलातर्फ निर्मला रिमाल निर्विरोध भएका छन् ।
वडा नंं ८ बाट खुलातर्फ बीरबहादुर घिमिरे, वेदराज खनिया र कृष्णबहादुर देउजा तथा महिलातर्फ पुष्पकला मिश्र, वडा नंं ९ बाट खुलातर्फ मीनबहादुर राउत र भीमसेन अधिकारी तथा महिलातर्फ विष्णु क्षेत्री, वडा नंं १० बाट खुलातर्फ राजु गुरुङ, रामबहादुर गुरुङ र किमप्रसाद गुरुङ तथा महिलातर्फ कमला परियार र वडा नंं ११ बाट खुलातर्फ ईश्वर श्रेष्ठ, सन्तबहादुर तामाङ र टुकराज तामाङ र महिलातर्फ पुतलीदेवी सेढाइँ निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत हिरालाल विश्वकर्माले जानकारी दिए ।