
सम्मान कार्यक्रममा मन्तब्य राख्दै संस्थाका प्रमुख सल्लाहकार सिताराम थापाले लमजुङ जिल्लामा जन्मेर देश विदेशमा ख्याती कमाइ लाेक स्वर सम्राटकाे उपाधि पाएका राजु परियार अनुपम स्वरका धनी , कला र गलाले सम्पन्न एक शालिन र बहुआयामीक बरिष्ठ गायक भएको बताए । भाइरल बन्ने र दर्शक बटुल्ने निहुँमा अहिले थुप्रै कलाकारहरुले सामाजिक सन्जाल तथा सार्वजनिक कार्यक्रमहरुमा अनेकौं उच्छृंखल प्रस्तुतिहरु दिदै गीतसंगीत क्षेत्रकै बद्नाम गर्दै आएकामा राजु परियारका गीतहरु सधै मर्मस्पर्शी र संदेशमुलक हुने भन्दै उनले गायनको माध्यमद्वारा राजु परियारले लमजुङ जिल्लालाइ सबै तिर परिचित गराएकामा आभार प्रकट गरे ।
सम्मान ग्रहण गर्दै बरिष्ठ गायक राजु परियारले आफुलाइ गरेको सम्मान प्रति आभार ब्यक्त गर्दै लमजुङ सेवा समाज कतारले गर्ने आफ्ना कार्यक्रमहरु तथा संस्थाको क्यालेन्डरमा समेत लमजुङलाइ चिनाउने ब्यक्तिहरु मध्ये आफुलाइ पनि समेटेकाेमा धन्यवाद दिए । आफु संसारको जुन सुकै कुनामा गए पनि आफ्नो जन्मभूमि लमजुङ र लमजुङको माटोलाइ कहिल्यै भुल्न नसक्ने बताए । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष बिनोद बसौलाले राजु परियारले लमजुङको स्थानीय ठाडो भाकाको जगेर्ना गर्न खेलेकाे भूमिका बारे प्रकास पार्दै उनकाे याेगदानलाइ लमजुङले भुल्न नसक्ने बताए ।
खबरकुञ्ज