बाह्रमासे जुवा खेल्ने २२ जना लमजुङ प्रहरीकाे फन्दामा

बेसीशहर । बाह्रमासे जुवा खेल्ने २२ जनाकाे समूहलाइ लमजुङ प्रहरीले विहिबार राती पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएकाे बिशेष प्रहरी टाेलीले गएराती ८ बजेतिर लमजुङकाे मर्स्याङदी गाउँपालिकाकाे वडा नंं २ राेप्लेफाँटबाट ती जुवाडेलाई पक्राउ गरेको हाे । राेप्लेफाँट निवासी धनबहादुर तामाङकाे घरमा लुकेर जुवा खेलिरहेकाे अवस्थामा उनीहरूलाइ पक्राउ गरिएकाे थियाे । पक्राउ परेका जुवाडेहरूबाट काैडासहित नगद ४ लाख ५० हजार समेत प्रहरीले बरामद गरेकाे छ ।

याे समूह ठाउँ फेर्दै विभिन्न ठाउँमा गएर जुवा खेल्ने गरेकाे खुलेकाे छ । जुवामा संलग्न हुने केही ब्यक्तिबारे सूचना पाएपछि प्रहरीले उनीहरू माथि निगरानी राखेकाे थियाे । यसकै आधारमा लमजुङ प्रहरीले बिहीबार विशेष टाेली खटाएर जुवाडेहरू पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा घरबेटी धनबहादुरकाे मात्र नाम खुलेकाे छ । पक्राउ पर्नेहरूमा बेसीशहर, मध्यनेपाल र गाेरखा जिल्लाका समेत छन् । पक्राउ पर्नेमा बेसीशहरका प्रतिष्ठित ब्यापारीहरूसमेत रहेका श्राेतले बताएकाे छ । प्रहरीले उनीहरूलाइ हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गराएपछि मात्र थप विवरण दिन सकिने बताएकाे छ ।

प्रतिक्रिया