बेसीशहर । लमजुङकाे मर्स्याङदी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरूकाे सम्मान गरेकाे छ ।
अनुभवका खानी ज्येष्ठ नागरिकहरूलाइ उनीहरूले समाजका लागि गरेकाे याेगदानकाे कदर गर्दै गाउँपालिकाकाे कार्यालयमा एक समाराेहबीच विशेष सम्मान गरिएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए ।

ज्येष्ठ नागरिकहरूकाे ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुने भएकाले साे दिन पालिका भित्रका विद्यालयहरूमा बालबालिकाहरूलाई लक्षित गरी ज्येष्ठ नागरिक विषयक कक्षा सञ्चालन गरिएकाे वडा नंं ७ का अध्यक्ष तिलप्रसाद गुरूङले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरूका ज्ञान, सीप र अनुभवले पालिकाकाे विकासकाे खाका काेर्न समेत महत्वपूर्ण सहयाेग पुग्ने र उनीहरू सम्मानका पात्र भएकाले पालिकाले ज्येष्ठ नागरिकहरूकाे सम्मान गरेकाे अध्यक्ष गुरूङले बताए ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत गाैतम पंज्ञानी, पालिका स्तरीय जेष्ठ नागरिक संजाल समितिका अध्यक्ष डिलिराम घिमिरे लगायत सञ्जालका पदाधिकारी तथा सदस्यहरू, कार्यपालिकाका सदस्य, पालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरू सहभागी थिए ।
साे अवसरमा उपस्थित ज्येष्ठ नागरिकहरूलाइ टिका, मालाले सम्मान गरिएको थियाे ।

बैठकले जेष्ठ नागरकहरुलाई गाउँपालिकाकाे काेषबाट यही फागुन ८ गतेदेखि ४ दिनको धार्मिक अबलोकन भ्रमण गराउने कार्यक्रम तय गरेकाे छ ।
30 Dec 2023