तेजाब खाएर लमजुङमा एक महिला गम्भीर बिरामी

बेसीशहर । सुन पगाल्न प्रयाेग हुने तेजाब (एसिड) सेवन गर्दा  लमजुङमा एक महिला गम्भीर बिरामी भएकी छन् ।

लमजुङकाे सदरमुकाम बेसीशहरमा सुनचाँदी ब्यवसाय गर्ने एक ३३ बर्षिया महिला बिरामी परेकी हुन् । गएराती मध्यराततिर घरमै रहेकाे तेजाब सेवन गरेपछि गम्भीर बिरामी भएकी उनलाइ उपचारका लागि जिल्ला अस्पताल लगिएकाे थियाे । उनकाे अवस्था गम्भीर रहेकाले अस्पतालले प्राथमिक उपचार गरी सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिदिएकाे थियाे ।

जिल्ला अस्पतालले रिफर गरिदिएपछि महिलालाइ आइतबार बिहानै थप उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएकाे छ । प्रहरीका अनुसार अहिले उनकाे सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार श्रीमानसंगकाे सामान्य मनमुटावपछि आवेगमा आइ ती महिलाले घरमै रहेकाे तेजाव खाएकी थिइन् । तेजाबले उनकाे मुखमा गम्भीर चाेट लागेकाे छ । 

प्रतिक्रिया