बेसीशहर, असोज ७ गते । लमजुङका क्रियाशील पत्रकार आश गुरुङ प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस काउन्सिल नेपालको ५५ औं बार्षिक उत्सवका अवसरमा आइतबार राष्ट्रपति भवन शितलनिवासमा भएको बिेशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उनलाई १० हजार रुपैयाँ राशी रहेको पुरस्कार वितरण गरेका हुन् ।
विगत दुई दशकदेखि लमजुङमा बसेर पत्रकारिता गर्दै आएका गुरुङले पत्रकारिमार्फत पु¥याएकोे योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नंं ४, भुजुङका बासीन्दा गुरुङ २०५९ देखि पत्रकारितामा सक्रिय छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका महासचिव रहेका गुरुङ नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् ।
लमजुङमा पत्रकारिता मात्रै गरेर जिविका चलाउने केही पत्रकारमध्ये एक गुरुङ हाल कान्तिपुर दैनिकको जिल्ला समाचारदाता र लमजुङ मिडिया हाउसद्वारा सञ्चालित लमजुङ खबर डटकमका सञ्चालक हुन् ।
यस अघि लमजुङका पत्रकारहरु कृष्ण केसी र शान्ता कमलीले पनि प्रेस काउन्सीलको पुरस्कार पाएका छन् ।
खबरकुञ्ज