काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाइ निलम्बन गर्ने अपेक्षा गरीएकाे कांग्रेसकाे केन्द्रीय समिति वैठकमा खाणकाे निलम्बन भन्दा पनि उनी समातिएपछि गृहमन्त्रीलाइ धन्यवाद दिन पार्टीका नेताहरू नै पुगेकाे भन्दै नेताहरूकै आलाेचना भएकाे छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसकाे केन्द्रीय कार्य समिति वैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका फरक समूहका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नेताहरूकाे आलोचना गरेकी हुन् ।वैठकमा नेतृ खतिवडाले ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा हाम्रै नेताहरू गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । धन्यवाद दिन किन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’
उनले त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेकोमा राेष प्रकट गरिन् । केन्द्रीय सदस्य खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापतिकाे विकल्प खाेज्दै हिँडेकाे भन्दै उनले महामन्त्रीहरूकाे विकल्प पनि खोज्न सकिने चेतावनी दिइन् । बैठकमा उनले महामन्त्रीद्वय थापा र शर्मालाई गुटकाे साँघुराे घेरामा नरमाउन अनुराेध गरिन् ।
भिडियाे हेर्नुस् ।