बेसीशहर । राइनास नगरपालिकाकाे वडा नंं ८ हर्राबाेटमा रहेकाे सर्वोदय जेष्ठ नागरिक आश्रम, धर्मनाथ धामका लागि पोखराका उद्योग व्यवसायी तथा समाजसेवी रामप्रसाद बतासले ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बतास फाउन्डेसनका सञ्चालक, जेष्ठ नागरिक सरोकार समाज पोखराका सल्लाहकार एवं अक्षयकोषदाता समेत रहेका बतासले सर्वोदय सेवाश्रमको अक्षयकोष अभियानमा ५१ हजार १ सय १५ रुपैया सहयोग गरेका हुन् । आइतवार लमजुङको राइनास नगरपालिका ८ मा रहेको सर्वोदय सेवाआश्रमको अवलोकन गरी उनले जेष्ठ नागरिकको भरणपोषणका लागि आश्रमले सञ्चालन गरेको अक्षयकोष अभियानमा सो रकम हस्तान्तरण गरेका अाश्रमका संस्थापक अध्यक्ष कृष्णराज अाेलियाले बताए ।
सोहि अवसरमा जेष्ठनागरिक सरोकार समाज पोखराका सस्थापक अध्यक्ष भरत तज्यी र भगवती तज्यीले आश्रमलाई खाद्य सामाग्री सहयोग गरेका छन् । पोखरा महानगरपालिका ८ सिमलचौरका बासीन्दा तज्यी दम्पत्तिले अाफ्नाे ४३ औ वैवाहिक वर्षगाँठको अवसरमा आश्रममा १० हजार रुपैया बरावरको चामल, दाल, मसला, तेल, तरकारी लगायतका खाद्य समाग्रि प्रदान गरेका हुन् । तज्यी दम्पत्तिले साे अवसरमा बार्षिक रुपमा आफैले जेष्ठनागरिक हितमा राखेको अक्षयकोषबाट बर्षेनि ब्याज सर्बोदय सेवाश्रमको खाता जम्मा गरिदिने प्रतिबद्धता जनाउँदै अाइतबार नगद रु १ हजार हस्तान्तरण गरेका छन् ।
आश्रममा हाल १२ जना जेष्ठ नागरिक छन्। जेष्ठ नागरिकको भरणपोषण तथा आश्रम ब्यवस्थापनका लागि आश्रमले १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेकाे छ । काेषमा हाल सम्म करिव ३६ लाख रुपैया सहयोग संकलन भएको आश्रमका सस्थापक अध्यक्ष ओलियाले जानकारी दिए ।