काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा, पूर्वराजासंग तर्सेकै हाे सरकार ?

खबरकुञ्ज

काठमाडौं, फागुन २६ गते । आईतबार पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा काठमाडौंमा निस्किएको लाखौ जनता सम्मिलित जुलुसबाट तर्सेको सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा आइतबारबाट लागू हुनेगरी शनिबार जारी गरेको मिति उल्लेख गरे पनि निषेधाज्ञाको आदेश भने सोमबार मात्र सञ्चार माध्यमले पाएका छन् । जारी आदेशमा मुलुककै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, संसद भवन, अति विशिष्ट व्यक्तिहरूको निवास तथा ती आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

यसबाहेक राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास बालुवाटा क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।

निषेधित क्षेत्र भनिएका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनको आदेशमा उल्लेख छ ।

झन्डै एक महिना पोखरामा बसेका पूर्वराजा आइतवार काठमाण्डू फर्कँदा उनलाई उनका समर्थकले भब्य स्वागत गरे । स्वागतका लागि लाखौंको संख्यामा समर्थकहरु उपस्थित थिए । जनआन्दोलनकै झल्को दिने गरी उपस्थित समर्थकले राजतन्त्र र हिन्दू राष्ट्रको समर्थनमा नारा लगाएका थिए । 

काठमाण्डूका विभिन्न ठाउँबाट त्रिभुवन विमानस्थल गेटमा जुटेका समर्थकले गौशाला हुँदै निर्मल निवास पुगेका थिए । 


पूर्व राजाको स्वागत र समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, दुर्गा प्रसाइँको अभियानका समर्थकसंगै सर्वसाधारण समेत जुटेका थिए । 

पछिल्लो पटक प्रजातन्त्र दिवसका दिन पूर्व राजाले दिएको एक सन्देशमा उनल आफूलाई साथ दिन देशवासीलाई आह्वान गरेका थिए । देशको अहिलेको अवस्थाप्रति चिन्ता र असन्तोष व्यक्त गरिएको उनको सन्देशमा राष्ट्रिय समस्या सुल्झियोस् भनेर आफूले पहिले पनि त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको उल्लेख गरे पछि यसले मुलुकभर तरंग ल्याएको छ । कतिपयले पूर्व राजाको यो सन्देशले छिटै राजतन्त्र फर्कने बताइरहेका छन् भने गणतन्त्रवादीहरु राजा फर्कने कुरा असम्भव हुने भन्दै छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेकाे आदेश र निषेधाज्ञा जारी भएका क्षेत्रः



प्रतिक्रिया