राइनासकाे धमिलीकुवामा बृहत याेग शिविर शुरू

धमिलीकुवा । लमजुङको राइनास नगरपालिका–६ ढुंगेकोलमा पाँचदिने बृहत याेग शिविर शुरू भएकाे छ । राइनास नगरपालिका, आयुर्वेद शाखाको आयोजना, राइनास नगरपालिका वडा नं ६ को व्यवस्थापन र पतञ्जली योग पीठ नेपालको सहजीकरणमा बृहत योग शिविर सञ्चालन गरिएकाे हाे ।

समुदायमा योगको महत्वबारे जानकारी गराउने उद्धेश्यले सोेमबारबाट शुरू भएकाे योग शिविर शुक्रबार सकिने छ । शिविरमा सहभागिहरुलाई पतञ्जली योग पिठ नेपालका केन्द्रीय अध्यक्ष लवदेव मिश्रले योग, ध्यान, प्राणायमको बिबिध बिषयमा जानकारी गराउने छन् ।


धमिलीकुवामा साेमबार एक समाराेहबीच गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस लमजुङका सभापति  टकराज गुरुङले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गुरुङले मानव जीवनका लागि योग, ध्यान र प्राणायाम अपरिहार्य रहेको बताए । उनले अहिले व्यस्त जीवनशैली र अस्वस्थ अाहारका कारण मानिसले विभिन्न स्वास्थ्य समस्या झेल्नु परेकाे भन्दै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि योग, ध्यान र प्राणायम गर्न सके स्वस्थ जीवन बाँच्न सकिने धारणा राखे ।

प्रदेश सभा सदस्य गुरुङले दूरदराजमा रहेका नागरिकसम्म योग, ध्यानको विषयमा जानकारी गराउन योग शिविर सञ्चालन गरेकोमा आयोजकलाइ धन्यवादसमेत दिए ।


शिविरमा राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङको विशेष आतिथ्यता थियो ।

राइनास नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोविन्द चिलवालको अध्यक्षतामा भएको शिविरको उद्घाटन समाराेहमा ६ सय भन्दा बढी स्थानीयले सहभागिता जनाएका थिए ।

शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, युवायुवतीको पनि सहभागिता छ । मंगलबारदेखि शिविर बिहान ५ : ३० बजेदेखी ७ : ३० बजेसम्म सञ्चालन हुने बताइएकाे छ । 

प्रतिक्रिया