भाेटेओडार । लमजुङकाे भाेटेओडारमा रहेकाे सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा साढे २ कराेड रूपैयाँ मुनाफा गर्न सफल भएकाे छ ।
सहकारीलाइ बदनाम गराइ धराशायी गराउने उद्देश्यले केही दिनयता विभिन्न कृयाकलाप भएपछि सहकारीले शनिबार भाेटेओडारकाे भक्ति नमूना माविमा शेयर सदस्यहरूकाे भेला बाेलाएर संस्थाले संस्थाकाे यथार्थ अवस्थाकाे बारेमा जानकारी गराउँदै गत आर्थिक बर्षमा ७० करोड ९६ लाख ४४ हजार ६ सय ४७ रुपयाँ काे काराेबार गरी २ कराेड ५७ लाख६३ हजार ७ सय ५९ रूपैयाँ खुद मुनाफा गर्न सफल रहेकाे जानकारी गराएकाे हाे ।
साे अवसरमा शेयर सदस्यहरूलाइ संस्थाकाे गतिविधि, वित्तीय अबस्थाकाे जानकारी गराउँदै संस्थामा सेयरपूँजी १२ करोड १० लाख १६ हजार ४ सय , बचत रकम ४६ करोड ३३ लाख १ सय ३ रुपयाँ र लगानीमा रहेकाे ऋण रकम ६१ करोड १४ लाख ९७ हजार ९ सय २२ रुपयाँ रहेकाे जानकारी गराएकाे छ ।
साे अवसरमा संस्थाकाे तरलता रकम ५ कराेड ७३ लाख ३१ हजार ६ सय ८३ रुपयाँ र जगेडा काेष ६ करोड ३७ लाख ८८ हजार ५ सय ८४ रुपैयाँ रहेकाे जानकारी गराइएकाे थियाे ।
पछिल्लाे समय अार्थिक मन्दीका कारण सहकारी संस्थाहरू प्रभावित भइरहेकाे सन्दर्भमा संस्थाले आर्थिक मन्दिका बाबजुद पनि यतिको प्रगति गर्न सकेकाे साे अवसरमा बताइएकाे थियाे ।
सहकारीका बारेमा फैलाइएका भ्रम चिर्नका लागि बाेलाइएकाे सेयर सदस्य भेलामा शेयर सदस्यहरूले संस्थाप्रति उठेका प्रश्नका बारेमा जिज्ञासा राखेकाेमा संस्थाका अध्यक्ष रामजी कँडेलले जवाफ दिँदै संस्थामा कुनै समस्या नरहेकाे र संस्थालाइ धरासयी बनाउने केही ब्यक्तिहरूले याेजनाबद्ध ढंगले मिडियाकाे प्रयाेग गरेकाे जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरूलाइ संस्थाले लगानी गरेकाे ऋण, सदस्यहरूकाे बचत, शेयर रकम र खुद मुनाफा बारे जानकारी दिएपछि संस्थाका अध्यक्ष कँडेलले सहकारीमा आवद्ध सदस्यहरुको वचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेकोले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला सबैमा ढुक्क भइ कारोवार गर्न अाग्रह गरेका थिए ।
भेलामा भाेटेओडार क्षेत्रका सहकारीका प्रबुद्ध शेयर सदस्यहरूकाे उपस्थिति थियाे । संस्थाकाे यथार्थ जानकारी पाएपपछि उपस्थित शेयर सदस्यहरूले सहकारीलाइ सिध्याउने उद्देश्यले फैलाइएका भ्रमलाइ चिर्दै सहकारीलाइ थप उचाइमा लैजाने प्रतिबद्धता जनाएका छन् ।