बेसीशहर । हिमालपारीकाे जिल्ला मनाङलाइ राजधानी लगायत देशका अन्य भागसंग जाेड्ने एकमात्र सडक बेसीशहर–चामे सडक बन्द भएको छ ।
याे सडक खण्ड अन्तर्गत मनाङ खण्डमा दुइवटा खाेलामा राखिएका दुइवटा काठेपुल भाँचिएपछि मर्मतका लागि सडक बन्द गरिएकाे हाे ।डुम्रे– बेसीशहर–चामे सडक याेजनाका याेजना प्रमुख रविन्द्रलाल दासका अनुसार मनाङकाे चामे गाउँपालिका वडा नं. १ स्थित तिमाङ पावरहाउस खाेला र वडा नं. ३ स्थित स्यार्कु खोलाको काठेपुल भाँचिएकोले मर्मतका लागि सडक बन्द गरिएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय मनाङले समेत सार्वजनिक सूचना प्रकाशित गर्दै काठेपुल भाँचिएकाे र सो स्थानमा बैकल्पिक सडक नभएकाले तत्कालै अर्काे काठेपुल निर्माण गर्न बिहिबार बिहान १० बजेदेखी शुक्रबार बेलुका ५ बजेसम्म सडक बन्द गरि नयाँ काठेपुल निर्माण गर्न लागिएको जानकारी दिएकाे छ ।
13 Jul 2023