मृगाैला राेगी दुलाललाइ ल्याण्डस्टारका शिक्षक विद्यार्थीकाे सहयाेग

बेसीशहर । दुवै मृगाैला फेल भइ उपचाररत लमजुङकाे बेसीशहर नगरपापालिका वडा नं. ३ निवासी कूल बहादुर दुलाललाइ बेसीशहरकाे ल्याण्ड स्टार अंग्रजी विद्यालयका शिक्षक विद्यार्थीले अार्थिक सहयाेग गरेका छन् ।


ल्याण्ड स्टारका शिक्षक र विद्यार्थीहरुले दुलाललाइ १६ हजार ३ सय १६ रुपैया र्थिक सहयोग गरेका हुन् ।

दुलाल बिगत १ बर्षदेखि मृगाैला राेगकाे शिकार भइ उपचार गराइरहेका छन् । १० महिना अघि दुवै मृगाैला फेल भएर काम गर्न नसक्ने भएपछि उनले उपचारका लागि धेरै खर्च गरेका छन् ।


दुवै मृगाैलाले काम नगरेपछि अहिले डायलासिस गर्दै एका उनलाइ मृगाैला प्रत्याराेपण गर्न चिकित्सकहरूले सुझाव  दिएका छन् । तर त्यसका लागि ठूलाे रकम  खर्च लाग्ने भएपछि उनी सहयाेगकाे अपेक्षा गरिरहेका छन् ।


दुलालकाे राेग र कमजाेर आर्थिक अवस्था थाह पाएर विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकहरुले रकम संकलन गरी गरेर सहयोग गरेका विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया